उदयपुर सिमेन्ट उद्योग यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सिनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो सवा १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।
मोटोपनले निम्त्याउँछ गम्भीर स्वास्थ्य समस्या
नेपालमा पनि मोटोपनको समस्या तीव्र गतिमा बढ्दो छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्याङ्क अनुसार सन् २००० देखि २०१६ मा नेपालमा बालबालिकामा मोटोपन ७.७ प्रतिशतले बढेको छ ।
कुलेखानीद्वारा तीन लाखको माछा बिक्री
मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा तीन लाखभन्दा बढीको माछा बिक्री गरेको छ ।
कोशी खेतमा तटबन्ध
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको कोशी खेतमा तटबन्ध निर्माण भएपछि किसान हर्षित भएका छन् । गत असोजमा तामाकोशीमा आएको बाढीले कटान गरेको ठाउँमा तटबन्ध निर्माण गरिएको हो । अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले किसानको धान खेत कटान गरेपछि चिन्तित भएका थिए ।
जमिन बाँझो राख्नेलाई कारबाही माग
जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ । अखिल नेपाल किसान महासङ्घ (व्रmान्तिकारी केन्द्र) बागमती प्रदेश समिति
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, फागुन २५ गते । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै
हेटौँडा, फागुन २५ गते । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उहाँलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।एकमात्र स्थानमा मात्र रहेको वनकरिया समुदायकी मुखिया सन्तमायाले २२ वर्षसम्म वनमा फिरन्ते जीवन बिताउनुभयो । चेपाङको छोरी भएकाले विवाहभन्दा अगाडि भने उहाँ बस्तीमा नै बस्ने गरेको र वनकरियासँग कन्दमूल खोज्न जाँदा मन परेर उतै विवाह गरेर बसेको बताउनुभयो । सन्तमायाले नौ सन्तान जन्माउनुभयो । “चार सन्तान वनमा र पाँच सन्तान बस्तीमा जन्माए”,उहाँ सम्झनुहुन्छ, “घना जङ्गलबीचमा त्यो बासस्थानको ठेगान नभएको, मान्छे मरेपछि खोल्सो कटेर बस्ने चलनले गर्दा फिरन्तै भएका थियौँ ।” फिरन्ते जीवनबाट हालको जीवनसम्म आइपुग्दा निकै कष्ट भोगेको सन्तमाया बताउनुहुन्छ । उहाँका अनुसार वर्षमा तीन महिना गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो खनेर खाए पनि बाँकी समय खानेकुरा खोज्नका लागि पुरुषले माछा मार्ने र महिलाले कुचो बाँध्ने काम गर्ने गरेका छन् । सन्तमाया भन्नुहुन्छ, “माछा र कुचो गाउँमा लगेर बेच्दा पनि कहाँ खान पाउनु र रु पुग्दैनथ्यो । बालबच्चा नि धेरै हुन्थे ।” वनकरियाको मुख्य खाना खनायो, नेमारो, च्याउ, माछा र कुरिलो हो । केराको पातले बनाएको छाप्रो अनि केराकै पात लगाउने गरेको सम्झना गर्दै मुखिया सन्तमायाले जङ्गलको झारपात नै औषधिका लागि प्रयोग हुने गरेको बताउनुभयो । उहाँलाई आफू कता जन्मेको थाहा छैन तर जङ्गलमा नै विवाह भएर २० वर्ष बिताएको मात्र याद छ । विवाहोत्सव वा चाडपर्वमा पनि गिठ्ठा नै मुख्य खान्कीका रूपमा रहेको सन्तमाया बताउनुहुन्छ । वनकरिया समुदायमा विवाह, जन्म, नामकरण, मृत्युबाहेक अन्य संस्कार नगर्ने चलन छ । मृत्युपछि बस्ने स्थान सरेर घरमा धेरै जहान हुने १३ दिन र नहुनेले सात दिनमा काजकिरिया गर्ने गरेको उहाँको भनाइ छ । बच्चा जन्माउँदा पनि सात दिनमा नै तितेपातीको पानी र सुनपानी छर्केर चोख्याने गरेको उहाँ बताउनुहुन्छ । सानै उमेरमा विवाह गर्नुभएकी सन्तमायाको जीवन वनमा नै सीमित रहन पुग्यो । विस्तारै बाहिरी मान्छेसँग भन्दा जनावरसँग डर नलाग्ने उहाँको भनाइ छ । खासगरी महिनावारी र सुत्केरी अवस्थामा गाह्रो भएको उहाँ सम्झनुहुन्छ । वनकरिया समुदायका बच्चाले पनि आमाको बाहेक दूध खान नपाएको उल्लेख गर्दै सन्तमायाले गाईभैँसी पालेर दूध, दही भाँडाभरि हुँदा छोराछोरी साना हुँदा खान नपाएको सम्झँदै रुन मन लाग्ने उहाँको भनाइ छ । दुई दशक जङ्गलमा बिते पनि हाल घरमा बस्न पाउँदा सन्तमायालाई खुसी मिलेको छ । अझै कहिलेकाहीँ वनको याद आउँदा बसेको स्थान हेर्न जाने गरेको उहाँ बताउनुहुन्छ । वनमा कन्दमूल र कहिलेकाहीँ साँटेको पिठो तथा चामलका भरमा दिन काट्दा खेती गर्ने र गाईवस्तु पाल्नेबारे थाहा नभएको सन्तमायाको भनाइ छ । उहाँसँग गाउँमा जन्मेर वनकरिया जातिका व्यक्तिसँग विवाह गरेपछि २० वर्ष जङ्गलमै बिताएको र अहिले फेरि गाउँमै बसेर समुदायको अगुवाइ गर्दाको अनुभव छ ।सन्तमाया हाल खेती गर्ने, भैँसी पाल्नेमात्र होइन, साबुन उत्पादनमा पनि जोडिनुभएको छ । वनमा आधारित जीवनशैली भएका आफ्नो समुदायलाई मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि त्यहाँ कुचो काट्न जाँदा पनि सेनाले समातेर लगेको बताउँदै हाल आफ्नै गाउँ र मध्यवर्ती क्षेत्रको बाहिर जताततै पाइने तितेपाती, घिउकुमारी, निमजस्ता जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानीमा जोडिएको उहाँको भनाइ छ ।सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर हाल उहाँहरू उद्यमी बन्नुभएको छ । विसं २०६२ मा जिल्ला विकास समति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया अहिले आत्मनिर्भर हुनका लागि सन्तानलाई विद्यालय पठाउनेदेखि सकेको काम गर्ने गरिरहेका सन्तमायाले बताउनुभयो । उहाँले जङ्गल जीवनमा जुन दुःख काटिएको थियो त्यो आफ्ना छोराछोरीलाई नपरोस् भनेर प्रयन्त गरिरहेको बताउनुभयो । अन्न खानका लागि धेरै मेहेनत गर्नुपरेको बताउँदै सन्तमायाले भन्नुभयो, “अन्न खान रहर लाग्दा लोग्ने मान्छेले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने सम्झँदै छोराछोरीले खाना खान पाइरहेकामा खुसी व्यक्त गर्नुभयो ।”वनकरिया समुदायले सञ्चालन गरिरहेको उद्यममा स्थानीय सरकार र ग्रिन फाउन्डेसन नेपालको सहयोग जुटिरहेको छ । उहाँहरूले वनकरिया साबुन उद्योग सञ्चालन गरिरहनुभएको छ । मुखिया सन्तमायाका अनुसार साबुन बनाउन मेहेनत परे पनि कच्चा पदार्थ गाउँ वरपर नै पाइन्छ । यहाँ उत्पादन गरिएको साबुन घाउखटिरा, चिलाउने समस्या र छालाको रोगका लागि राम्रो हुने उहाँको भनाइ छ । उत्पादन वृद्धि र बजारीकरण गर्न समस्या हुने भएकाले वनमा आधारित उद्यम विकासका लागि ग्रिन फाउन्डेशन नेपालले सहयोग गरिरहेको मुखिया सन्तमायाले बताउनुभयो । जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी÷एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसइई परीक्षा ९२०७२० उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिनुभयो । पछिल्ला वर्ष सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा उनीहरुले सामूहिक लालपुर्जाको माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ परिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक अहिले मकवानपुरको मनहरि गाउँपालिका–४ वनकरिया बस्तीमा बस्छन् ।
धनगढी र सुर्खेतमा उडान गर्ने यतीको तयारी
यती एयरलाइन्सले गन्तव्य विस्तार गर्ने उद्देश्यले एकैदिन दुई वटा विमानस्थलमा प्रदर्शन उडान गरेको छ ।
तीन क्रसर उद्योग बन्द
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले आफ्नो नगरपालिकाभित्र अवैध रूपमा सञ्चालन भएका तीन वटा खानीजन्य उद्योग (क्रसर) बन्द गराएको छ ।
बैङ्किङ कसुर विधेयक समितिमा
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
घट्दै परम्परागत मिडियाको सङ्ख्या
रेडियो, टेलिभिजन र पत्रिकाको नयाँ दर्ता र नवीकरण घट्दै जान थालेको छ भने अनलाइन दर्ताको सङ्ख्या बढ्दै गएको छ ।
सय वटा सिमाना विवाद
सरकारले समयमा स्थानीय तहको सिमाना विवादलाई समाधान नगरेकाले स्थानीय तहमा सिमाना विवाद बढ्दै गएका छन् । स्थानीय तह पुनर्संचरना भई दुई पटक स्थानीय तहको निर्वाचन भइसके पनि सिमाना विवादको समस्या यथावत् छ ।
अस्तित्व सङ्कटमा बहिरा क्याम्पस
बहिरा (सुस्त श्रवण) विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिइरहेको मुलुककै पहिलो र एक मात्र केन्द्रीय बहिरा क्याम्पस यतिबेला अस्तित्व रक्षाको सङ्कटबाट गुज्रिरहेको छ ।
हात्तीको आक्रमणले एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस : न्याय र समानताको प्ररेणादायी दिन
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अन्तर्राष्ट्रिय महिला दिवसलाई समानता, न्याय र महिला सशक्तीकरणको अवस्था निर्माण गर्ने प्रेरणादायी दिनको रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
महिलासम्बन्धी संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने
विभिन्न राजनीतिक दलका नेतृहरूले महिलाको सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक
कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा.नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो ।
‘लोकतन्त्रलाई कमजोर पार्ने र पछाडि फर्काउने हर्कतका विरुद्ध सबै एकजुट हौँ’: डा.भट्टराई
हामीले लामो सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ । त्यसले जनतालाई अधिकार सम्पन्न बनाएसँगै देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । तर विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुन नसक्दा जनतामा केही असन्तुष्टि भने देखिएको छ ।
सरकार एक्लैले नीतिगत सुधार गर्न सक्दैन : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
तिब्बत भूकम्पको धक्का काठमाडौँमा
चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।
नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति
नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।
सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन होः नेता ढकाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवम् जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताउनुभएको छ ।