फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण
काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध
हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल ९बगुवा खोला० मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
जमिन भासिने जोखिम
बाढीपहिरो, भूक्षयलगायत अनेक खालका प्राकृतिक विपत्ति नचाहेर पनि मानिसले भोग्नु पर्छ । अतिवृष्टि र अनावृष्टिले पर्यासन्तुलन बिगार्न ठुलो भूमिका खेल्छन् । अतिवृष्टिका कारण बाढीपहिरो, डुबान र भूक्षय हुन सक्छ । अनावृष्टिले मरुभूमीकरण बढाउन सक्छ । आँधीहुरी, भूकम्पले पनि संसारमा ठुलो क्षति पु¥याइरहेको हुन्छ । यीभन्दा अझ बेग्लै खालको विपत्ति भने जमिन भासिनु हो । हिजोआज विश्वभर नै जमिन भासिने घटना देखिन थालिएको छ । चीनका कतिपय तटीय सहर बिस्तारै भासिन थालेको केही समयअघि समाचारमा आएको थियो । अत्यधिक कङ्व्रिmटको प्रयोगका कारण भारवहन क्षमता कमजोर हुँदा जमिन भासिन थालेको बताइन्छ । त्यति मात्र होइन, सहरी पूर्वाधार निर्माण तथा उपयोगका निम्ति जमिनमुनिको पानीको अत्यधिक दोहनका कारण पनि जमिन भासिन थालेको छ । तटीय सहर औसतमा वार्षिक ३.३ मिलिमिटरका दरले भासिन थालेको र त्यसले सन् २१२० सम्म कतिपय तटीय सहर समुद्री सतहभन्दा तल पुग्न सक्ने जोखिम चीनमा औँल्याइएको छ । पूर्वाधार निर्माण र जमिनमुनिको पानी दोहनमा सचेत रहन पनि विज्ञले सुझाएका छन् । विश्वको यो परिवेशमा नेपालकै हेटौँडामा केही दिनअघि एउटा गाडी नै भासिएर बेपत्ता भयो । भूगर्भविद्को टोलीले समेत अध्ययन गरेर पनि तत्कालै यकिन निष्कर्ष निकाल्न सकेन । हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँको सो घटनाले फेरि यो विषय चर्चामा ल्याएको छ । हेटौँडाको गैरीगाउँ मात्र होइन, देशका धेरै स्थानमा भासिने जोखिम भएको अध्ययनबाट देखिएको छ । नेपालका कम्तीमा २४ स्थान ‘सिङ्कहोल’ अर्थात् जमिन भासिने खतरामा देखिएको छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशका साथै कतिपय पहाडी जिल्लामा समेत जमिन भासिने खतरा देखिएको हो । कास्कीको पोखरामा त जमिन भासिने विमर्श धेरै वर्षदेखि गरिएको थियो । भूगर्भ विभागकै भूविज्ञान महाशाखाका अनुसार झापाको भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाममा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छन् । त्यसै गरी महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा पनि जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना पाइन्छ । त्यस्तै चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीको टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ । यसरी आधिकारिक निकायबाट प्राप्त जानकारी हेर्दा देशका धेरै स्थानमा जमिन भासिने जोखिम देखिन्छ । जमिनमुनिको पानीको अधिक दोहन गरेकाले पनि कतिपय सहरी क्षेत्र जमिन भासिने जोखिममा छन् । कतिपय क्षेत्र भने जमिनमुनिको माटो तथा पानीको प्राकृतिक कारणले पनि जमिन भासिने जोखिममा देखिन्छन् । पोखरामा जमिनमुनिको प्रकृतिले भासिने जोखिम छ भनिन्छ । विस्तृत अध्ययनले अझ यकिन गरिने विषय हो, यो । विभिन्न जिल्लामा जमिन भासिएर दुर्घटना भएको खबर आउने नै गर्छ । हेटौँडा गैरीगाउँको घटना भने ठुलै हो । भूगर्भविद्को भनाइमा जमिन भासिनु आफँैमा खतरापूर्ण हो । भूगर्भविद् प्राडा मेघराज धितालको भनाइमा भौतिक संरचना निर्माण गर्दा जमिनको अध्ययन हुनु पर्छ । जमिनमुनि दलदल भएको, कमेरेपाटी र पानी छ भने भासिने सम्भावना बढी हुन्छ । जमिनको कुनै भागमा एकाएक आफैँ प्वाल पर्नुलाई ‘सिङ्कहोल’ भन्ने गरिन्छ । जमिनको माथिल्लो भागमा कडा खालको माटो वा चट्टान रहे पनि तल नरम अथवा पानीमा घुलनशील चट्टान अथवा माटो भएमा जमिनमुनिको सतहको पानीले त्यसलाई घोल्दै बगाउँछ । समय व्रmममा त्यस्तो ठाउँ भासिन्छ । अझ बिनाअध्ययन त्यस्ता ठाउँमा पूर्वाधार संरचना बनाउँदा झन् भासिने जोखिम हुन्छ । चुनढुङ्गाको चट्टान भएमा, गुफा वा भित्री च्यानल बढिरहेको खोव्रmो ठाउँमा जमिन भासिन सक्छ । जमिनमुनिबाट पानीको अधिक दोहन गर्दा पनि जमिन भासिने जोखिम हुन्छ । भूकम्पलगायतको हलचलले पनि जमिनमुनि कमजोर बनाएको हुन सक्छ । त्यसले पनि जमिन भासिने जोखिम हुन्छ । भासिने जोखिम भएको क्षेत्रको पहिचान गरी सर्वसाधारणलाई सचेत पारिनु सम्बद्ध निकायको कर्तव्य हो । सहरी संरचना बनाउँदा जमिनको राम्ररी अध्ययन गर्नु पर्छ । जमिनमुनिको पानी दोहनलाई नियमनको दायरामा ल्याउनु पर्छ । सडक, घर, पेटी आदि क्षेत्रमा सिमेन्टको अधिक प्रयोगले पानी पुनर्भरण हुन नसक्दा पनि जमिनमुनिको जलचव्रm बिथोलिन्छ । यसमा सचेत हुनु जरुरी छ ।
‘विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ,’ पूर्व प्रधानमन्त्री भट्टराई
एम्बास्डर्स क्लब र आइआरजिडिडी उद्घाटन, ‘द डिप्लोम्याट नेपाल म्यागेजिन’ सार्वजनिककाठमाडौँ, जेठ ५ गते । कूटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेल्नका लागि नेपालमा आइतबारबाट एम्बास्डर्स क्लब र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) को सुरुआत भएको छ । सोही अवसरमा नेपालको पहिलो कूटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइआरजिडिडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले भने,‘वैश्विक व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ । र, नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरूका लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम हो ।’ डा. भट्टराईले तीन संस्थाहरूले नेपालले यस्तो सफ्ट पावर उपलब्ध गराउने बताए । उनले विश्वास निर्माण र दूरदर्शिता तथा समावेशी सोचमा आधारित परराष्ट्र नीति निर्माण हुने उल्लेख गरे । उनले भने,‘यी प्लेटफर्महरूले श्रमिक अधिकार, जलवायु परिवर्तन, महिला र युवाको सशक्तीकरणजस्ता गम्भीर मुद्दाहरूमा आवाज उठाउँछन् । केवल प्रतिक्रिया होइन, नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउँछन् ।’ कार्यक्रममा अम्बासडर्स क्लब र आइआरजिडिडिकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले महत्त्वपूर्ण संस्थाहरूको उद्घाटन केवल सुरुवात मात्र नभई यात्राको थालनी भएको बताइन् । ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुन्जिने छ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभूतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’ पूर्व राजदूत डा. ढकालले भनिन्,‘हामी विश्वासको यस्तो वृत्त बनाउने कल्पना गर्छौँ जहाँ विचारहरू स्वतन्त्र रूपमा बहस गरिन्छन् र साना वा ठुला सबै आवाजहरू सुन्छ । मलाई गर्वका साथ भन्नु छ कि सबै राजदूतहरू, मिसन प्रमुखहरू र कूटनीतिक समुदायका सदस्यहरू यो साझा दृष्टिकोणको हिस्सा छन् ।’ उनले थपिन्, ‘यो क्षण शान्ति, संवाद र साझा प्रगतिप्रति हाम्रो अडिग प्रतिबद्धता झल्काउँछ । कूटनीतिज्ञका रूपमा, नेपालले न केवल आफ्नो लागि, तर समानता र समझदारीको खोजीमा लागेकाहरूका लागि स्पष्ट र आत्मविश्वासी आवाज बन्नुपर्छ ।’ उनले कूटनीति समावेशी हुने पर्ने बताइन् । ‘कूटनीतिले रङ, सीमा वा हैसियत पछ्याउँदैन । यसले मूल्य पछ्याउँछ । हामी एउटै आवाजमा बोल्छौँ । र, यसै बाचा साथ, नेपाललाई नक्साभन्दा माथि उठाई विश्वका लागि आवाज बनाउने अठोट गर्दछौँ ।’पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र होइन, हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नु पर्ने बताए । उनले भने,‘आज नेपालको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु हो— निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत। त्यो चुनौतीको उत्तर हो । यस्तो प्लेटफर्म जहाँ नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैँ बोल्छ ।”यसै गरी, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले आइआरजिडिडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्दै भनिन्, विश्व आपसमा जटिल सङ्कट र जलवायु संवेदनशीलतासँग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्त्वपूर्ण छन् । केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिका सशक्त बनाउन पनि ।’ उनले थपिन्, संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनादेखि लिएर वैश्विक वकालत र सैद्धान्तिक परराष्ट्र नीतिसम्म नेपालको योगदान उल्लेखनीय छ। नेपालको प्राचीन सांस्कृतिक सम्पदा विश्व मञ्चमा नैतिक र कूटनीतिक नेतृत्वका लागि अद्वितीय स्थान दिन्छ ।’ रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले भने, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कूटनीतिक अभ्यास सुधार्न मद्दत गर्ने छन् । अहिलेको समयमा जलवायु सङ्कट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्छ । यी पहलहरूले नयाँ विचारहरू ल्याउन र प्रवर्धन गर्न प्रमुख भूमिका खेल्ने छन् ।’ डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन दिँदै भनिन्, ‘आइआरजिडिडी, एम्बास्डर्स क्लबले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्धन गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पुर्याउँछ। साथै, द्विपक्षीय र बहुपक्षीय कूटनीति प्रवर्धनमा पनि सहायक हुने छ ।’उनले नेपाली कूटनीतिक परम्पराको प्रशंसा गर्दै भनिन्, ‘नेपालको कूटनीति पेसागत, आत्मीयता र आतिथ्ययतामा आधारित छ । जसले नेपाललाई शान्ति प्रवर्धन तथा वैश्विक चुनौतीहरूप्रति न्यायसङ्गत रूपमा भूमिका खेल्न सक्षम बनाएको छ ।’संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक–नेपाल हाना सिङ्गर हाम्दीले भनिन्, ‘विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको छ । तपाईँहरूले हामीलाई प्रेरित गराउने तीन वटा कारण लिएर आउनु भएको छ ।’कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, एम्बास्डर्स क्लब र आइआरजिडिडिकी अध्यक्ष डा. ढकाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्याल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक विमल ढकाल, डिप्लोम्याटिक कोप्र्सका डीन तथा नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त रूपमा पत्रिका विमोचन गरे । साथै, सोहि अवसरमा प्रमुख अतिथि र अतिथिहरूले तीनै संस्थाको सुरुआतको उपाध्यक्षमा केक काटेर उत्सव समेत मनाएका थिए । जसमा अन्य अतिथि र राजदूतहरू समेत सामेल थिए ।
मधुमेहका कारण आँखामा जोखिम बढ्दो
पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या वृद्धिसँगै बिरामीमा आँखाको समस्या हुन सक्ने जोखिम बढ्दै गएको छ । मधुमेहका बिरामीमा हुने आँखासम्बन्धी समस्याको जो
अभिभावकत्व ग्रहण गर्दै बालग्राम
चौतारा साँगचोकगढी नगरपालिका–७, दरबारडाँडामा गत वर्षदेखि सहिद स्मृति आवासीय बालग्राम सञ्चालनमा ल्याएको छ । बालग्राम टुहुरा, असहाय र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सफल भएको छ । साहराविहीन १९ बालबालिकाको अभिभावकत्व लिएर निःशुल्क आवासीय शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने
काठमाडौँ, जेठ ५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची छ ।
चिकित्सक नहुँदा सेवा प्रभावित
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवा प्रभावित बन्दै गएको छ । एक वर्षअघि ५० श-याबाट विस्तार ग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने
राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।
जुवातास खेलिरहेका १० जना पक्राउ
नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।
सुरक्षा प्रविधिमा लगानी गर्न जाेड
काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले सुरक्षा प्रविधिमा लगानी गर्नुपर्ने बताउनुभएको छ। नेपाल आदर्श माध्यामिक विद्यालय, गणबहालमा आइतबार आयोजित सामुदायिक सुरक्षा एवम् अपराध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभएको छ ।
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।
विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरूले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको छ ।
बाहिनीपति ट्रफी सुरु
नेपाली सेनाको २६ नम्बर बाहिनी भकुण्डेबेशी काभ्रेपलाञ्चोकको आयोजनामा आईतबारदेखि ‘बाहिनीपति ट्रफी’ सुरु भएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण सुस्त
ठेकेदारको ढिलासुस्तीले सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाको प्रशासकिय भवन निर्माण कार्यले गति लिन सकेको छैन।
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
वन तथा वातावरण राज्यमन्त्री रूपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ ।
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।
विशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रभावित
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ विशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रवाह प्रभावित बन्दै गएको छ ।