हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठुलो असर भोग्न बाध्य भएको बताउनुभएको छ ।
हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्ड बर्खाअघि सुचारु हुने
बागमती प्रदेशको राजधानी हेटौंडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्डको कालोपत्रेको काम १५ दिनभित्र सम्पन्न हुने बताइएको छ ।
सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताउनुभएको छ ।
सगरमाथा आरोहणबारे अनुगमन गर्न पर्यटनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आधार शिविरमा
यस वर्षको सगरमाथा आरोहण सुरु भएसँगै आरोहणको अवस्थाबारे स्थलगत अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा बेस क्याम्प पुग्नुभएको छ ।
चोरीका दुई वटा ट्रक फेला
मकवानपुरमा पछिल्लो समय साना सवारी साधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दो छ । मकवानपुर प्रहरी हेटौँडा उपमहानगरका विभिन्न स्थानबाट चोरीभएको दुई वटा ट्रक चोरीभएको फेला पारी शनिबार सवारी धनीलाई बुझाएको छ ।
‘सर्वहारा श्रमिकको एउटै पार्टी बन्नुपर्छ’
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताउनुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताउनुभएको छ ।
सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब, विकास बजेट खर्च सुस्त
चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ । सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब पुगेको हो ।
पक्की पुल निर्माणसँगै ग्रामीण सडकमा यातायात सहज
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गतका भित्र सडकका खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको छ ।
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ ।
सिन्धुली बर्दिबास बाटोको सहयोगका लागि धन्यवाद
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
गम्भीर दीर्घ रोगीको प्रशामक सेवाका लागि स्वास्थ्यमन्त्रीद्वारा रणनीति स्वीकृत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५ स्वीकृत गर्नुभएको छ ।
गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ ।
संविधान संशोधन गर्न हामी तयार छौँः नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।
सातौँ वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष महालेखा परीक्षकको कार्यालयले सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा प्रतिवेदनलाई बागमती प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार
‘हिमालदेखि महासागरसम्म’ को सोच
सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरूलाई स्वागत गर्न पाउनु मेरानिम्ति गहिरो सम्मान र हार्दिक अवसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद पहलकदमी, गहन विचार विमर्शका लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताका लागि अवसर र हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
मितेरी साइनोले बिगारेको प्रेमकथा ‘जार’
सुकृत नेपालकाठमाडौँ, जेठ ३ गते । अहिलेको युवापुस्ताले इतिहासका विषयमा खासै चासो दिएको पाइँदैन तर इतिहास बुझ्यो र जान्यो भने त्यसबाट धेरै ज्ञान पाइन्छ । दुई सय वर्ष पुरानो परिवेशलाई आधार बनाएर तयार गरिएको चलचित्र ‘जार’ ले मौलिक विषय उजागर गर्न खोजेको छ । त्यतिबेलाको समाज र जारप्रथाको इतिहास बुझ्न चलचित्रले सहयोग गर्ने देखिन्छ । भलै सबै कुरा मिल्दोजुल्दो नभए पनि ‘जार’ को सवालमा धेरै कुरा जान्न भने सकिन्छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित ‘जार’ फुर्वा छिरिङ लामाले निर्देशन गर्नुभएको चलचित्र हो । भारत सिक्किमको एउटा गाउँ जहाँ लाहुरे रुद्रमान (सौगात मल्ल) र गाउँकी ठुली (गीताञ्जली थापा) बिच मायाप्रेम बस्छ । दुवै प्रेमविवाह गर्नेसम्म पुग्छन् । यसै गरी ठुलीकी बहिनी र रुद्रमानकी बहिनीबिच पनि गहिरो मित्रता बसेको छ । दुवैको परिवारले उनीहरूको मित्रतालाई मितिनीमा परिणत गर्ने निर्णय गर्छन् । त्यसपछि ठुली र रुद्रमानको जीवनमा आउने अनेक उतारचढावको कथालाई चलचित्रमा देखाइएको छ । उनीहरूको विवाहदेखि लिएर ठुलीले रुद्रमानमाथि गरेको अविश्वासको कथावरपर नै चलचित्र रुमल्लिएको छ ।हाम्रो समाजमा बहिनीकी मितिनी पनि आफ्नी बहिनी हुन्छिन् भन्ने मान्यता छ । त्यसैले रुद्रमान र ठुलीको जीवनमा बाधा अड्चन आउनुको कारण मितेरी साइनो पनि हो । आफ्नी बहिनीले रुद्रमानकी बहिनीसँग मित लगाएको ठुलीलाई फिटिक्कै मन परेको छैन तर पनि घर र समाजका लागि उनी सबै कुरा सहेर बस्छिन् । अर्को गाउँमा प्रहरी जवान हर्षजित (अनुपविव्रmम शाही) बस्छन् र उनले पनि ठुलीलाई भित्रभित्रै मन पराएका हुन्छन् । परिवारको कारण भनौँ या ठुलीको राजीखुसीले, हर्षजित र ठुलीको विवाह हुन्छ । ठुलीले विवाह गरे पनि रुद्रमानले के यो कुरा सजिलै सहन सक्लान् त ? चलचित्रको कथाको ‘क्लाइमेक्स’ यही हो । चलचित्रको मूल कथा रुद्रमान, ठुली र हर्षजितवरपर घुमेको छ । रुद्रमान र हर्षजितको लडाइँ ठुलीकै कारणले हुन्छ र ठुलीले कसलाई साथ दिज्छिन् भन्ने कुराले दर्शकलाई हलमा केही घण्टा भए पनि बाँध्छ । चलचित्रको राम्रो पक्ष यसको गीतसङ्गीत र छायाङ्कन हो । झुमा लिम्बूले गाउनुभएको प्रायः गीत कर्णप्रिय र मन छुने खालका छन् । सिक्किमका मनमोहक दृश्यले दर्शकलाई लोभ्याउँछ । दुई सय वर्षअगाडिको समाजलाई निर्देशक लामाले दृश्यमा सुन्दर तरिकाले प्रस्तुत गर्न खोज्नुभएको छ । कुनै कुनै ठाउँमा केही गल्ती देखिए पनि दर्शकलाई दुई सय वर्षअगाडिको समाजमा लैजान निर्देशक लामा सफल हुनुभएको छ । नायिका गीताञ्जली थापाको अभिनयमा फरकपन देखिन्छ । अन्य चलचित्रमा भन्दा यसमा सौगात मल्लको चरित्र केही फरक छ । प्रायः एकैखाले बोली बोले जस्तो लाग्ने उहाँको संवादमा धेरै फरक पाइन्छ । लाहुरेको भूमिकामा उहाँ जम्नुभएको छ । अनुपविव्रmमको अभिनय पाटो खासै देखिँदैन तर चलचित्रमा ‘ट्विस्ट’ ल्याउने काम उहाँमार्फत हुन्छ । जार काट्नका लागि सात दिनको समय दिइएको हुन्छ तर हर्षजितले रुद्रमानलाई काट्न कति दिन जङ्गलमा लखेटे; त्यसलाई निर्देशकले प्रस्ट्याउन बिर्सेको देखिन्छ । जब रुद्रमान र हर्षजित आमनेसामने हुन्छन् तब हर्षजितले रुद्रमानलाई अब त काट्लान् भन्दाभन्दै चलचित्र सकिन्छ । चलचित्रको अन्त्य खासै प्रस्ट छैन । यसले दर्शकका मनमा अनेक कुरा उब्जन सक्छ ।
अब एक घण्टाभित्रै श्रम स्वीकृति
काठमाडौँ, जेठ ३ गते । वैदेशिक रोजगार विभागले अबको तीन÷चार दिनमा एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ । विभागले शुव्रmबार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ-१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन÷चार एक घण्टा गर्ने तयारी गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागुु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उहाँको भनाइ छ । महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकुल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिनुुभयो ।
‘लोडसेडिङ हुँदैन’ : विद्युत प्राधिकरण
काठमाडौँ, जेठ ३ गते ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताउनुभएको छ । उहाँले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ ।काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताउनुभयो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्नुभयो ।समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उहाँको भनाइ थियो ।प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “पश्चिमको लाइन ट्रिप भएका कारणले २ घण्टा विद्युत् प्रसारण अवरोध भएको हो । करिब ८ बजे मात्र ढल्केबर–मजफरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महìवपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।” उहाँले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको बताउनुभयो ।
पुँजीगत खर्च एक तिहाइ मात्र
काठमाडौँ, जेठ ३ गते । सरकारको विकास खर्चको गति अत्यन्त सुस्त रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा पुँजीगत खर्च लभभग एक तिहाइ मात्र खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालु आवका लागि पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएकामा वार्षिक विनियोजनको ३४.१६ प्रतिशत मात्र खर्च भएको छ । त्यो भनेको रु. एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च हो । चालु शीर्षकमा भने वार्षिक लक्ष्यको ६७.७९ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा रु. सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१.९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु. तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु. दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।यसरी चालु आवको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२.२४ प्रतिशत बराबर छ । यस वर्ष रु. १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुवाती १० महिनामा रु. ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको छ ।खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु. दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु. नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रु. दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु. १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४.५४ प्रतिशत बराबर हो । यस्तै चालु आवका लागि रु. ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३०.८ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु. १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।कर राजस्वतर्फ रु. १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकामा हालसम्म ६४.५५ प्रतिशत अर्थात् रु. आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै गैरकर राजस्वतर्फ रु. एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९.२ प्रतिशत अर्थात् रु. ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मेलम्चीको पानी बितरण विस्तार
काठमाडौँ, जेठ ३ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।उहाँले भन्नुुभयो, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।”वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ले जनाएको छ ।उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पु¥याउने खानेपानी मन्त्रालयले जनाएकोे छ । उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् ।
मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ । पोख
हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।