सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, जेठ ६ गते । सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवा प्रभावित बन्दै गएको छ । एक वर्षअघि ५० श-याबाट विस्तार गरी एक सय श-या पु-याएर प्रादेशिक अस्पताल बनाइए पनि विषेशज्ञ चिकित्सकको अभावसँगै सेवा प्रभावित बन्दै गएको हो ।
अस्पतालका अनुसार ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले छ जनाको दरबन्दी रिक्त रहेको छ । मेडिकल अधिकृततर्फ नौ जनाको दरबन्दी रहेकोमा एक जनाको सरुवा भएपछि रिक्त रहेको छ । एनेस्थेसिया (बेहोस बनाउने) चिकित्सकको अभावमा जेठ १ देखि नै शल्यव्रिmयासम्बन्धी सबै सेवा रोकिएको अस्पतालका निमित्त निर्देशक अभिषेक थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको छात्रवृत्ति करारमा दुई वर्षका लागि आउनुभएका एक जना एनेस्थेसिया चिकित्सकको करार अवधि यही वैशाख अन्तिमबाट सकिएपछि उक्त समस्या आएको हो ।
उहाँले भन्नुभयो, “एनेस्थेसियाको दरबन्दी दुई जनाको छ । दुई वर्षअघि स्थायी एनेस्थेसियाको चिकित्सक आउनुभएको थियो, उहाँलाई पनि त्यतिबेला नै सरुवा गरेर भक्तपुर लगियो । छात्रवृत्ति करारमा रहनुभएका चिकित्सकको अवधि सकिएपछि अहिले शल्यव्रिmयासम्बन्धी सबै सेवा रोकिएको छ ।”
एनेस्थेसिया चिकित्सकको पदपूर्तिका लागि अस्पतालले गत साउन र फागुन महिनामा गरी दुई पटक विज्ञापन गरे पनि कसैको पनि दरखास्त नपरेको उहाँले जानकारी दिनुभयो । नौ जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि सबै स्थानीयस्तरबाट नै विज्ञापन गरेर करारमा पदपूर्ति गरिएको हो । दैनिक ३५० भन्दा बढी ओपिडी र इमर्जेन्सिमा बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
अस्पतालमा सिटी स्क्यानको मेसिन चालु भए पनि रेडियोलोजिस्ट चिकित्सकको दुई वर्षदेखि अभाव रहेको अस्पताल विकास समितिका अध्यक्ष सतीशचन्द्र ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सिटी स्क्यानको सेवा काठमाडौँको अस्पतालसँग समन्वय गरी सञ्चालन गरिरहेका छौँ ।” उक्त अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा र छालासम्बन्धीको विशेषज्ञ सेवा अभाव रहेको अस्पतालले जनाएको छ । त्यस्तै भौतिक पूर्वाधारतर्फ शøया विस्तार गर्न भवनको समस्या रहेको अस्पताल विकास समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले एक सय शøयाको अस्पताल बनाउने घोषणा गरे पनि भवनको समस्याले अहिले ५० श-याबाट बढाएर करिब ८५ शøया मात्रै सञ्चालन हुँदै आएको छ । चिकित्सक आवासको समेत अभाव देखिएको छ ।
पाँच वर्ष अघिसम्म बिरामीलाई सेवा प्रवाह गरिरहेको जीर्ण पुरानो भवन भत्काएर त्यही ठाउँमा अहिले चार वटा ब्लकमा अपाङ्गतामैत्री सुविधासम्पन्न आधुनिक साढे दुईतले भवन निर्माण गरिए पनि त्यसले एक सय श-याको क्षमता धान्न सक्ने अवस्था नभएको उहाँको गुनासो छ । अस्तपाल विकास समितिका अनुसार उक्त भवन सङ्घीय सरकारको सहयोमा भ्याटबाहेक २१ करोड ९८ लाख ३७ हजार ८१३ रुपियाँको लागतमा निर्माण भएको थियो ।
क्षमता अनुसारको भवन निर्माणका लागि सहरी विकास कार्यालयमार्फत प्रदेश हुँदै सङ्घीय स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएको अस्पताल विकास समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।