सञ्चालन नहुँदै जीर्ण बन्दै बसपार्क
निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले आइतबार निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताउनुभएको छ ।
बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष : कांग्रेस
सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।
माओवादीसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीको एकता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मुद्रास्फीति नियन्त्रणमा, शोधनान्तर बचत उच्च
राष्ट्र बैंकलले मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन स्थितिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जनाएको हो ।
‘विमानस्थल नचल्दा र समयमै सडक नबन्दा पर्यटन क्षेत्र मारमा’
होटेल क्षेत्रमा अर्बौँ लगानी भए पनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटेल क्षेत्र ठुलो मारमा परेको छ । होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौँ लगानी भएका होटेलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो ।
सत्तारुढ दल काँग्रेसको पदाधिकारी बैठक सुरु
काठमाडौँ, जेठ १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । काँग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ । साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताउनुभएको छ ।
‘गणतन्त्रको विकल्प छैन’ : शारदा भट्ट
काठमाडौँ, जेठ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सल्लाहकार शारदादेवी भट्ट राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । ७६ वर्षीया सदस्य भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सदस्य भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । यसका लागि समन्वयात्मक काम गर्नुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन । गरिबी छ, वैदेशिक ऋण पनि छ । यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के होला ? जनताले तिरेको कर हिनामिना गरिनुहुन्न । सबैभन्दा पहिला देशबाट भ्रष्टाचार अन्त्य गर्नुहोस् । भ्रष्टाचार रोक्न सकेमात्र देश उँभो लाग्छ, देशको विकास हुन्छ । सदाचारलाई हामी सबै मिलेर प्रवद्र्धन गरिनुपर्छ । सुगम भनिए पनि कैलाली सुदूरपश्चिमको एउटा पिछडिएको जिल्ला हो । यहाँ बसोबास गर्ने थारु, चौधरी, दलित र महिलालगायत सबै जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ । सुदूरपश्चिमलाई अझै पर्याप्त बजेट विनियोजन गरिँदैन । अन्य प्रदेशका तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून बजेट विनियोजन हुन्छ । कैलालीमा महिला बढी समस्यामा परेका छन् । ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रले उच्च सम्मान गर्नुपर्छ । अहिले बदलिँदो सामाजिक संरचनाका कारण ज्येष्ठ नागरिकले अपहेलित भएको महसुस गर्न थालेका छन् । पहिलो कुरा भनेको छोराछोरीले नै आफूलाई जन्म दिने बाबुआमा प्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । सन्तानलाई नै आमाबाबुप्रति जिम्मेवार बनाउनुपर्छ । सन्तान नै नभएको खण्डमा भने राज्यले उनीहरुको व्यवस्थापन गर्नुपर्छ । बाँचुञ्जेल भएको सम्पत्ति सबै बाबुआमाकै नाममा हुनुपर्छ । यदि सम्पत्ति भएन भने सन्तानले बाबुआमालाई नहेर्ने चलन पनि छ । सरकारले अलिकति भए पनि भत्ता दिएर बूढाबूढीलाई राहत भएको छ । भत्ता बूढेसकालको सहारा भएको छ । यो राज्यले राम्रो गरेको छ । हाम्रो जमानामा महिला अधिकार भन्ने थाहै थिएन । अहिले भने महिलाले धेरै अधिकार पाएका छन् । हामीले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, मन्त्री, सांसद, मेयर र उमपेयर पाएकै छौँ । यसलाई महिलाले अधिकार नपाएकै हो भन्न सकिन्न । तर महिलाको हकअधिकारको निम्ति धेरै काम गर्नुपर्ने छ । अझै धेरै सङ्घर्ष गर्नुपर्ने छ । महिलाभित्र पनि टाठाबाठाले अधिकारको बढी उपभोग गरेका छन् । जसले पाउनुपर्ने हो, उस्ले पाउन सकेको छैन । महिलाभित्र पनि समान रुपमा अधिकारको बाँडफाँट हुन आवश्यक छ । अहिले संविधान संशोधनको चर्चा चुलिएको छ । तर के विषयमा संशोधन गर्ने भन्ने कुरा आएको छैन । अहिल्यै पनि संविधानमा जनताका धेरै विषयवस्तु समावेश भएका छन् । अझै केही अधिकार संशोधनमार्फत सम्बोधन गर्नुपर्ने छ । काम गर्न विदेश जाने युवालाई रोक्नका लागि देशमा भएका सबै कलकारखाना सञ्चालन गर्नुपर्छ । नेपालमा भएका कलकारखाना कहाँ गए भन्नेबारेमा पनि खोजी हुनुपर्छ । यो खोजी कुनै पनि सरकारले गर्न सकेको छैन । मेरो जानकारीमा नेपालमा कुनै दिन ३० वटाभन्दा बढी कलकारखाना र उद्योग थिए । ती सबै अहिले कहाँ गए ? अहिले देशभित्र काम नपाएपछि नेपाली युवा विदेशमा श्रम बेच्न बाध्य छन् । यो कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ । यसरी नै युवा विदेशिने क्रम बढ्दै गयो भने देशको विकास कसरी हुन्छ रु प्रत्येक गाउँ युवाविहीन भइरहेका छन् । पहाडका घरहरु खाली हुन थालेका छन् । यो गम्भीर विषय हो । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन । हामीले लामो समय राजतन्त्र पनि हेरेकै हो । त्यसैले अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधारेर लैजानुपर्छ । तर नेताले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ । देश एउटा गतिमा अगाडि बढिसकेको छ । सरकारले पनि समृद्ध नेपाल सुखी जनताको निम्ति काम गरिरहेको छ । जनता निरास हुनुपर्ने अवस्था छैन । अब विस्तारै जनताको अवस्थामा पनि परिवर्तन आउँछ । देशमै रोजगारीको सिर्जना हुन्छ । सबैभन्दा उत्तम व्यवस्था गणतन्त्र हो । यो हामीले लडेर ल्याएको हो । तर जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन । उनीहरुलाई त्यहीअनुसारको सेवा सुविधा पनि दिनुपर्ने हुन्छ । राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । अब आउँदो फागुनमा मेरो कार्यकाल सकिँदैछ । राष्ट्रियसभा एउटा सम्मानित सभा हो । यो सभासम्म आइपुग्ने सदस्यहरु लामो सङ्घर्ष गरेर आउनुभएको छ । त्यस अर्थमा पनि यो सभा परिपक्व र अनुभवीको सभा हो । राष्ट्रियसभामा आउने सदस्यले देश र जनताको निम्ति केही न केही योगदान गरेरै आएका छन् । मेरो अनुभवमा राष्ट्रियसभाले संविधानभित्र रहेर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ । आफ्नो काम, कर्तव्य नियमपूर्वक पालना गरेकै छ । सांसदको कामै कानुन निर्माण गर्ने हो । यो भूमिका पनि राष्ट्रियसभाले निर्वाह गर्दै आएको छ । यो सभामा आएका विधेयक पर्याप्त छलफल गरेर मात्रै पास गर्छौं । रासस
जाइकाको आर्थिक सहयोगमा धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने
धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो ।
खानामा प्रिजर्भेटिभ्स कत्तिको सुरक्षित
खाद्यपदार्थलाई रोगाणुमुक्त, अझ स्वादिलो बनाएर लामो समय सुरक्षित राख्न सकिने प्रविधिको विकासले खाद्य सुरक्षासँगै समकालीन बजारको माग आपूर्तिमा सन्तुलन बनाइराखेको छ । मानव उद्विकासको क्रममा शिकारी र घुमन्ते समाजले हरेक दिन आहाराका लागि चहार्ने तथा पाए खाने, नपाए भोकै बस्ने जुन अवस्था थियो त्यस्तो आधुनिक युगमा छैन । विज्ञान प्रविधिको विकाससँगै खाद्यवस्तुको उत्पादनमा विविधता, व्यापकता र सर्वसुलभता आएको छ । मानिसले भोकै रहनेभन्दा पनि धेरै खान पाउने भएका छन्, त्यो पनि रोजीरोजी र जिब्रोले मागे अनुसार ।
निगुरो टिप्न जङ्गल गएका व्लोन चार दिनदेखि बेपत्ता
राममणि दाहालमकवानपुर, जेठ १२ गते । मकवानपुरको मनहरी गाउँपालिका २ रामबारी भार्ताबाट स्थानीय जङ्गलमा निगुरो तथा च्याउ गएका तीन जनामध्ये एक जना बेपत्ता रहेका छन् । गत बिहीबार निगुरो तथा च्याउ गएकामध्ये तीन जनामध्ये श्याम बहादुर ब्लोन जङ्गलमा नै हराएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।मनहरी गाउँपालिका २ का ६२ वर्षीय श्याम बहादुर ब्लोन, वर्ष २८ का श्रवनकुमार ब्लोन र वर्ष ५० का भक्तबहादुर आलेमगरसहित तीन जना स्थानीय जङ्गलमा निगुरो तथा च्याउ खोज्न गएकोमा श्रवण कुमार र भक्त बहादुर शनिवार दिउँसो २ बजे घर फर्की आउनुभएको थियो । वडाध्यक्ष राजकुमार पाख्रिनले जङ्गलमा नै हराएर घर फर्की नआएकोले श्याम बहादुर भने खोज तलास गर्दा तथा आफन्त छर छिमेककोमा बुझ्दा समेत फेला नपरेको जानकारी दिनुभयो । उहाँले श्याम बहादुरको खोज तलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको र खोजी कार्यका लागि जङ्गल जाने तयारी गरिएको बताउनुभयो ।
मध्यपहाडी राजमार्ग मर्मत प्रारम्भ
गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्डको मर्मत कार्य सुरु गरिएको छ । यो वर्षको बर्सात नजिकिएसँगै
अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका
चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
अनुदानमा धानको बिउ
रौतहटको गुजरा नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
किसानलाई परिचयपत्र वितरण भएन : महालेखा
सरकारले मुलुकभरका १९ लाखभन्दा बढी किसान परिवार सूचीकरण गरे पनि अझै परिचयपत्र वितरण गर्न सकेको छैन । आर्थिक वर्ष २०८०/८१ मा १४ लाख किसान परिवार सूचीकरण भएकामा यस वर्ष पाँच लाख १८ हजार थप भई १९ लाख १८ हजार किसान परिवार सूचीकृत भएका हुन् । किसान परिवार सूचीकरण भए पनि परिचयपत्र भने जारी हुुन नसकेको महालेखाको ६२ औँ प्रतिवेदनमा उल्लेख छ ।
मापदण्ड अनुसार तालिम दिन निर्देशन
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिमप्रदायक संस्थालाई मापदण्ड अनुसार तालिम सञ्चालन गर्न निर्देशन दिएको छ । तालिमप्रदायक संस्थाले तालिम सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जनगुनासो आउने क्रम बढेपछि विभागले तालिमप्रदायक संस्थालाई मापदण्ड अनुसार तालिम सञ्चालन गर्न निर्देशन दिएको हो ।
सेयरप्रति लचिलो नीति कर्जाको ग्राफ बढ्ने अपेक्षा
पाँच दिनअगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङ्क सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारप्रति लचिलो नीति अवलम्बन गरिएको छ ।
कर छुटले सरकारको ऋण मात्र बढायो
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले कर छुटले सरकारको ऋण मात्र बढाउने काम गरेको बताउनुभएको छ ।
अर्थतन्त्रमा भारत विश्वमै चौथो
छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भिजिट भिसा प्रकरण : आयोगले विस्तृत अनुसन्धान गर्ने
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीका घटना र आर्थिक लेनदेनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ ।