• २६ जेठ २०८२, सोमबार

निगुरो टिप्न जङ्गल गएका व्लोन चार दिनदेखि बेपत्ता

blog

राममणि दाहाल

मकवानपुर, जेठ १२ गते । मकवानपुरको मनहरी गाउँपालिका २ रामबारी भार्ताबाट स्थानीय जङ्गलमा निगुरो तथा च्याउ गएका तीन जनामध्ये एक जना बेपत्ता रहेका छन् । गत बिहीबार निगुरो तथा च्याउ गएकामध्ये तीन जनामध्ये श्याम बहादुर ब्लोन जङ्गलमा नै हराएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

मनहरी गाउँपालिका २ का ६२ वर्षीय श्याम बहादुर ब्लोन, वर्ष २८ का श्रवनकुमार ब्लोन र वर्ष ५० का भक्तबहादुर आलेमगरसहित तीन जना स्थानीय जङ्गलमा निगुरो तथा च्याउ खोज्न गएकोमा श्रवण कुमार र भक्त बहादुर शनिवार दिउँसो २ बजे घर फर्की आउनुभएको थियो । 

वडाध्यक्ष राजकुमार पाख्रिनले जङ्गलमा नै हराएर घर फर्की नआएकोले श्याम बहादुर भने खोज तलास गर्दा तथा आफन्त छर छिमेककोमा बुझ्दा समेत फेला नपरेको जानकारी दिनुभयो । उहाँले श्याम बहादुरको खोज तलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको र खोजी कार्यका लागि जङ्गल जाने तयारी गरिएको बताउनुभयो ।