• २६ जेठ २०८२, सोमबार

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

blog

काठमाडौँ, जेठ १२ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बारा कोल्हवी नगरपालिका–२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।

पक्राउमध्ये शन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख र विष्णुराजले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख ७३ हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शन्त कुमारलाई काठमाडौँ महानगरपालिका–११ बाट आइतबार र विष्णुराजलाई काठमाडौँ महानगरपालिका–११बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा बुलेटिनमा उल्लेख छ ।