बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको मर्मत सुरु
गत वर्षको बढी पहिरोबाट क्षतिग्रस्त मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षादको मौसम नजिकिएसँगै मध्य पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बढी पहिरोबाट क्षतिग्रस्त सडक मर्मत सुरु गरेको हो ।
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि स्वयंसेवक खटाइने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
अठारौँ गणतन्त्र दिवस : राससमा हिमालका तस्बिर
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति ९रासस०ले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ ।
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।
तीनचुली कपको उपाधि बीरु र अर्जुनको कब्जामा
निकै अनुभवी खेलाडी नारायण र पासाङको जोडीसँग प्रतिस्पर्धा गर्नु बीरु लिम्बु र अर्जुन श्रेष्ठलाई सहज थिएन । नारायणको वेश र पासाङको ट्रिकले नयाँ रणनीति बनाउनुको विकल्प थिएन विपक्षीलाई । तर दुवै जनाको उत्कृष्ट स्म्याच । तर अर्जुन र बीरुले हानेर मात्र पार नलाग्ने भन्दै खेललाई अर्को ट्रीक लगाउन थाले ।
जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ ।
नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर
नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित हुनुभएको छ । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
बीमा प्रतिबिम्ब प्रकाशन
नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बागमतीको खर्च निराशाजनक
चालु आर्थिक वर्षको बजेट खर्च कार्यान्वयनमा बागमती प्रदेश सरकार निराशाजनक देखिएको छ ।
मुग्लिङ–नारायणगढ सडकमा सतर्कता
बर्सातमा पहिरो आएर राजमार्ग अवरुद्ध हुन सक्ने जोखिम आउन नदिन डिभिजन सडक कार्यालय भरतपुरले सतर्कता अपनाएको छ ।
राष्ट्रभक्ति गीत मेरो हिमाल
बालगायिका आँचल बसेलको ‘मेरो हिमाल’ बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । डा. केएन स्वामी (डा. केशवानन्द गिरी) को रचना रहेको गीत बसेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
बङ्गलादेशी कम्पनीले गर्दै छ नेपाली बैङ्कको लेखा परीक्षण
नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बङ्गलादेशी कम्पनी योग्य भएको छ ।
विदेशी लगानीकर्ताको रोजाइमा सेवा क्षेत्र
विदेशी लगानीकर्तामा नेपालको सेवा क्षेत्र बढी आकर्षणको क्षेत्रमा पर्ने पाइएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार विदेशी लगानीकर्ताले नेपालको सेवा क्षेत्रमा लगानी गर्न सबैभन्दा धेरै प्रतिबद्धता जनाएको पाइएको हो ।
नागढुङ्गा–मुग्लिङ सडकखण्ड पन्ध्र दिन आंशिक बन्द हुने
सङ्घीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुङ्गा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ । जेठ १० देखि २५ गतेसम्म बिहान साढे दस बजेदेखि अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।
लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने
छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुक्षण मुद्रण केन्द्रबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा विषय पढाउन सक्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ ।
महिलामा जटिल बन्दै थाइराइड
नेपालमा कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत थाइराइडबाट पीडित छन् । हर्मोन ग्रन्थीबाट हुने थाइराइड पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ । चिकित्सकहरूका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन ।
एसियाली मिक्स बक्सिङको तयारी
नेपाल मिक्स बक्सिङ सङ्घ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
अन्तिम चरणमा ग्वार्काे फ्लाइओभर
ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ ।