काठमाडौँ, जेठ ११ गते । निकै अनुभवी खेलाडी नारायण र पासाङको जोडीसँग प्रतिस्पर्धा गर्नु बीरु लिम्बु र अर्जुन श्रेष्ठलाई सहज थिएन । नारायणको वेश र पासाङको ट्रिकले नयाँ रणनीति बनाउनुको विकल्प थिएन याे जाेडीलाई । तर दुवै जनाको उत्कृष्ट स्म्याच । अर्जुन र बीरुले हानेर मात्र पार नलाग्ने भन्दै खेललाई अर्को ट्रीक लगाउन थाले ।
फाइनल प्रतियोगिता भएकाले खेल हेर्ने दर्शकको हुटिङले तीनचुली कवर्ड हल पुरै हल्ला थियो । उता ब्याडमिन्टन खेलका लागि नेपालकै पुरानो र पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी जनाउनु हुने खेलाडी मोहन बहादुर शाही पनि चासोका साथ खेल हेर्दै हुनुहुन्थ्यो । साथै आमन्त्रित अतिथिहरू ब्याडमिन्टनका प्रमुख कोच सुदिप योञ्जन, ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज तामाङ पनि खेलका दर्शक थिए ।
रोगी मात्र होइन दीर्घ रोगीको सङ्ख्या बढ्दो, दैनिक दुई घण्टा व्यायामलाई छुट्टाउनु पर्ने पुराना खेलाडी मोहन बहादुर शाहीकाे सुझाव
बीरु लिम्बुको डाइभले केही कर्कहरु मर्न दिएन त्यसैले खेल र खेलाडी दुवैमा उत्साह बढ्यो । रणनीतिले गर्दा प्रतियोगिता उल्टियो र बीरु र अर्जुनको जोडीले सोझो सेटमै विपक्षीलाई हराए । सहजै रुपमा याे जाेडीले तीनचुली ब्याडमिन्टन कपको उपाधि कब्जा गर्याे । व्यस्त सहरी जीवनलाई स्वास्थ्य बनाउन ब्याडमिन्टन खेल सार्थक बन्ने सात दशक काटेका पाका खेलाडी मोहन बहादुर शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छऽ खेलकुदमा थोरै समय दिन सके चाँडै अस्पतालसम्म पुग्नु पर्ने अवस्था आउदैन । युवापुस्ताले नै खेलकुदको उजागर गरेर नयाँ पुस्तामा ऊर्जा दिनुपर्ने उहाँको सुझाव छ ।
समूह बि तर्फका बिजयी खेलाडी तेन्जिङ शेर्पा (लोप्साङ) र किशोर भट्ट पुरस्कार ग्रहण गर्नुहुँदै ।
रोगी मात्र होइन दीर्घ रोगीको सङ्ख्या बढ्दो क्रममा छ यो सबै स्वास्थ्यलाई ध्यान नदिनुको परिणाम भएको बत्ताउनुहुँदै बाचुन्जेलसम्म दैनिक दुई घण्टा व्यायामलाई छुट्टाउनु पर्ने शाहीले सल्लाह दिनुभयो ।
प्रतियोगिता तीनचुली ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको थियो । ब्याडमिन्टन खेलको विस्तार र विकास गर्ने लक्ष्यले स्थापित यो एकेडेमीले त्रैमासिक रूपमा प्रतियोगिताहरू गर्दै जाने एकेडेमीका अध्यक्ष इन्द्र श्रेष्ठले बताउनुभयो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीमा रहेको तीनचुली ब्याडमिन्टन एकेडेमीको कवर्ड हलमा खेलाडीका लागि मात्र नभएर विद्यार्थी र नयाँ खेलाडी उत्पादन गर्नका लागि विशेष छुट सहित खेललाई प्रशिक्षण समेत गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रवार देखि सुरु भएको प्रतियोगितामा समूह 'ए', 'बि' र मिक्स डवल गरी तीन वटा समूह अन्तर्गत ३० वटा टिम बिच खेल भएको थियो । यता समूह 'बि' तर्फ भने तेन्जिङ शेर्पा (लोप्साङ) र किशोर भट्टले प्रथम स्थान हासिल गर्नुभयो । उता मिक्स डवल तर्फ भने गणेश ढुङ्गेल र कला राईले उपाधि चुमे ।
विजयी टोलीहरूलाई शिल्ड, मेडोल र प्रमाणपत्र प्रदान गरिएको थियो । उपाधि हात पार्ने खेलाडी टोलीहरूलाई अतिथिको रूपमा सहभागी हुनु भएका ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी श्रेष्ठले खेललाई थप प्रतिस्पर्धी बनाउँदै राष्ट्रियस्तरसम्म पुग्ने लक्ष्य राख्नु पर्ने भन्दै सबैलाई बधाई दिनुभयो ।