सरकार शिक्षकसँग थप वार्तामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग गत वैशाखमा भएको सहमति कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता भइरहेको बताउनुभएको छ ।
बजेटमार्फत नयाँ चरणको सुधार
कतिपय सूचकमा सुधार देखिए पनि अर्थतन्त्रले अपेक्षित गति लिन नसकेपछि सरकारले आयोग नै गठन गरेर समस्या र सुधारका क्षेत्र पहिचान गरिसकेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा २०८१ असोज २२ गते गठित आयोगले चैत अन्तिम साता बुझाएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले समयसीमा र जिम्मेवार निकायसमेत तोकेर कार्यान्वयनको कार्ययोजना तयार गरेको छ ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय
काठमाडौँ, जेठ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु [क्रान्तिकारी] ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
समावेशी मुद्दामा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता
सामुदायिक रेडियो प्रसारक संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र सञ्चारिका समुहले समावेशीकरणको मुद्दामा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई वधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा तीन संस्थाका पादाधिकारीहरुले साझा मुद्दामा सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् ।
त्रिशुलीमा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
त्रिशुलीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ज ०८५४ को इभी भ्यान दुर्घटना भएको छ ।
गोरखापत्रका सम्पादक सल्लाहकार महर्जनको बिदाइ
गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनको आइतबार बिदाइ गरिएको छ । उहाँलाई २०८० जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पादक सल्लाहकार नियुक्त गरेको थियो । दुई वर्षको कार्य अवधि पूरा भएपछि उहाँलाई बिदाइ गरिएको हो ।
सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको छ ।
स्थानीय तहको अधिकार स्थापित गर्न लाग्छौँः राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले स्थानीय तहको अधिकार स्थापित गर्न राष्ट्रिय सभा लाग्ने बताउनुभएको छ। उहाँले संविधानमा भएका कतिपय व्यवस्था अझै कार्यान्वयनमा नआएको भन्दै स्थानीय तहको संविधानमा भएका अधिकार दिलाउन राष्ट्रिय सभा प्रतिबद्ध रहेको बताउनुभयो।
कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
सिन्धुपाल्चोकमा ‘पाँचपोखरी चित्रकला पर्यटन प्रवर्धन कार्यशाला’ सम्पन्न
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रदिप अधिकारीको नेतृत्वका १६ जना कलाकारले सिन्धुपाल्चोकलाई क्यान्भासमा कैद गरेका छन् ।
नेपाल एपीएफ स्कुल कीर्तिपुर र नगरपालिकाको सहकार्यमा विद्यार्थीलाई विपद् उद्धार तालिम
नेपाल एपीएफ स्कुल कीर्तिपुर र कीर्तिपुर नगरपालिकाको सहकार्यमा विद्यार्थी स्वयंसेवक विपद् उद्धार तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा कर्मचारी
प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।
‘जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।
यस वर्षको विपद्मा २० लाख नागरिक प्रभावित हुने अनुमान
यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवम् स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
‘०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित थियो’
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ सालभन्दा अगाडिको व्यवस्थामा कराँते खेल प्रतिबन्धित रहेको बताउनुभएको छ ।
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।
‘गर्भावस्थामा थाइराइडको औषधी खाए बच्चा फुर्तिला’
नेपालमा पछिल्लो समयमा थाइराइडका बिरामी बढ्दै गएका छन् । एकिन तथ्याङ्क नभए पनि जनजङ्ख्याको १० देखि १५ प्रतिशतमा थाइराइडको समस्या भएको अनुमान गरिएको छ । पछिल्लो सयम अत्याधिक नुन, तनाव, असान्य जीवनशैलीको कारणले गर्दा थाइराइडको समस्या बढ्दै गएको चिकित्सक बताउछन् ।
मध्यपहाडी राजमार्ग मर्मत सुरु
मध्ये पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ ।
बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको मर्मत सुरु
गत वर्षको बढी पहिरोबाट क्षतिग्रस्त मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षादको मौसम नजिकिएसँगै मध्य पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बढी पहिरोबाट क्षतिग्रस्त सडक मर्मत सुरु गरेको हो ।
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि स्वयंसेवक खटाइने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
अठारौँ गणतन्त्र दिवस : राससमा हिमालका तस्बिर
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति ९रासस०ले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ ।