अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।
कागजात क्षति भएपछि प्रशासनिक काममा समस्या
असोज दोस्रो साता आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेका सबै कागजातमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । असोज १२ गते आएको बाढी गाउँपालिकाको कार्यालयभित्र पसेपछि गाउँपालिकामा रहेका ९८ प्रतिशत कागजात नष्ट भएका छन् ।
माटाको भाँडा बनाएर घाममा सुकाउँदै महिला
भक्तपुर, कात्तिक ११ गते । भक्तपुर नगरपालिका–४ तालाक्वो पोटरी स्क्वायरमा तिहारका लागि आवश्यक माटाको भाँडा बनाएर घाममा सुकाउँदै महिला, तिहार नजिकिएपछि यहाँका कुमाले समुदायलाई भ्याइनभ्याई भएको छ । तस्बिरः रासस
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
जिरीमा पर्यटकको चहलपहल
लामो समयपछि सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको दोलखाको जिरीबाट विदेशी पर्यटक हिमाल आरोहणका लागि जान थालेका छन् । कुनै समयमा पर्यटकले भरिभरा
शर्माको ‘धोबीघाट मेलोडी’
लिटिल एन्जल्स स्कुलका प्रधानाध्यापक तथा गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ शनिबार सार्वजनिक गरिएको छ ।
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
बढ्यो भाइमसलाको व्यापार
तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ ।
हिमाल आरोहणबाट सात करोड राजस्व
शरद ऋतुमा हिमालमा आरोहणका लागि दिइएको अनुमतिबाट सात करोड रुपियाँभन्दा बढी रकम राज्य कोषमा दाखिल भएको छ ।
रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ ।
संसदमा उजुरी दिनेविरुद्ध अदालतमा मुद्दा
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
दुर्लभ हिउँचितुवा अवलोकन खुला
सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ ।
पुस्तक छपाइमा निजीको दायरा खुम्चिँदै
सरकारले विद्यालय तहको पुस्तक छपाइमा निजी प्रकाशनगृहको दायर खुम्च्याउँदै लगेको छ ।
थारू जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोकार्पित
लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ ।
दोलखा विद्यावारिधि फोरम गठन हुने
दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।
पुष्प मेलामा फूल किन्नेको भिड (फोटो फिचर)
ललितपुरमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लागेको छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो ।
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना
दोलखामा खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।
चङ्गा उडाउने प्रतियोगिता
काठमाडौँ स्वयम्भूमा अखिल नेपाल किसान महासङ्घ र काठमाडौँ महानगर कमिटीले संयुक्तरुपमा आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा चङ्गा उडाउँदै प्रतियोगी
जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ : अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।
जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक: वनमन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।