भ्रष्टाचार गरेको प्रमाणित भएकाे आधा घण्टाभित्रै पदमुक्त गर्छु : अध्यक्ष दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बाेर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिनुभएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै भएको सवारी दुर्घटनामा सोमबार एक युवकको मृत्यु भएको छ ।
पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा छौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।
समाचारको ‘डेडलाइन’ अन्त्य गर्ने राससको २४ घण्टा सेवा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ मा १० दिनसम्म २४ घण्टा सेवा सञ्चालन गरेको थियो । निर्वाचनका परिणाम अपडेट गरी सेवाग्राहीलाई तत्काल जानकारी दिन छोटो समयका सुरु गरेका थियौँ ।
आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक
सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।
संसदीय विशेष समितिले कृषि सहकारी प्रतिनिधिसँग छलफल गर्दै
प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । संसद्ले दिएको कार्यादेशअनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोग सम्बन्धमा छलफल सुरु गरेको हो ।
नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताउनुभयो ।
डेंगुबाट एकको मृत्यु
डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यू हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगूका कारण मृत्यु भएको हो ।
गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने
सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ ।
घट्यो सुनको मूल्य
सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन
स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुनुहुन्छ ।
एउटै घरमा अन्ठाउन्न पहिरोपीडितको बास
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, लेखर्क पहिरोपीडित अहिले विभिन्न व्यक्तिको घरमा शरण लिएर बसिरहेका छन् । साउन ८ गते राति अविरल वर्षापछि आएको पहिरोले दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुर लेखर्कका सबै परिवार विस्थापित भएका छन् । पहिरोमा पुरिएका सात जनाको शव निकालिएको छ भने एक जनाको खुट्टाको पैतालाको भाग मात्रै भेटिएको छ । दुई जना अझै बेपत्ता नै छन् ।
मरभूमिमा वसन्ती याम बजारमा
कवि विपिन पाठकको मरभूमिमा वसन्ती याम कविता संग्रह बजारमा आएको छ । ईन्डिगो इन्कले प्रकाशन गरेको सो कविता संग्रहमा समसामाहिक विषयसग जोडिएका ३७ वटा कविता संग्रहित छन् ।
काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु
काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
छ प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।
बुवाको सम्झनामा गोकर्णेश्वर मेला (फोटो फिचर)
कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् ।
इन्दुशङ्करको चिनी गोदाम सिलबन्दी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्दुशङ्कर चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको छ । विभागको अनुगमन टोलीले सो उद्योगको अनुगमन गर्ने क्रममा चिनीका बोरामा फरक फरक अधिकतम खुद्रा मूल्य लेखेको देखिएपछि चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको हो ।
सङ्कटमा चौँरीपालन
सिन्धुपाल्चोकमा चौँरी तथा याकपालन पेसा सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव र नयाँ पुस्ताको रोजाइमा नपरेका कारण चौँरीपालन पेसा सङ्कटमा परेको हो । जुगल गाउँपालिका–३, तेम्बाथान, दिपु, तेगा, बाह्रबिसे नगरपालिका–३ को शीरभेग धार्पाखानी, बालुवा, शमशेरडाँडा, हेलम्बु गापाको माथिल्लो भेग नेखर्क छयादी र पाँचपोखरी थाङपाल गापाको हिमाली क्षेत्रमा चौँरी तथा याकपालन हुँदै आएको छ । सिन्धुपाल्चोकभर मुस्किलले ३१ जना किसान चौँरीपालन पेसामा रहेका छन् ।
सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।
पोषण कार्यक्रमलाई तीन अर्ब ६७ करोड अनुदान
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।
क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने
क्यान्सरका बिरामीले सबै प्रदेशबाट उपचार पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेसँगै यो सम्भव भएको हो ।
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध
बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।