टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।
सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न पत्राचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन बहिरङ्ग सेवा (ओपिडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले आफ्ना मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो ।
माओवादी केन्द्रको संयुक्त परामर्श बैठक पेरिसडाडाँमा सुरु
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक मङ्गलबारदेखि पेरिसडाडामा सुरु भएको छ ।
अर्थ समितिको बैठक सुरु
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बै बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदै छ ।
एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने
नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्न होस्टेलमा राखेर अध्यापन
करिब सय वर्षअघि स्थापना भएको दोलखाको मेलुङ गाउँपालिका–६ को त्रिभुवन माध्यमिक विद्यालयले इच्छुक कक्षा ६ देखि १० सम्मका ७० जना विद्यार्थीलाई होस्टेलमा राखेर अध्यापन गराउन लागेको छ ।
विपतका कारण थातथलो छाड्दै
यस वर्षको बर्खायाममा सिन्धुपाल्चोकमा ४८ घरपरिवार बाढीपहिरोको उच्च जोखिममा परेका छन् । त्यसमध्ये १३६ परिवार थातथलो छाडेर विस्थापित भएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको प्रतिवेदन अनुसार बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, बलेफी गापा, त्रिपुरासुन्दरी गापा, जुगल गापा, हेलम्बु गापा, पाँचपोखरी थाङपाल गापाका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।
तीन संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ ।
कामको भुक्तानी नदिएपछि प्रमुख प्रशासकीयको सरुवा
बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ले नियम विपरित काम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालको सरुवा गरिदिनुभएको छ ।
दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो ।
नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । भदौ १७ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको हो ।
बाल उमेर नाघेकालाई पनि एउटै सुधारगृहमा राख्दा थप समस्या
बाल सुधारगृह मोरङ (विराटनगर) बाट भदौ ३ गते दुई जना बिज्याइँकर्ता (बालबन्दी) फरार भए । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार विद्यालयमा नियमित सञ्चालन हुने बुक फ्री डे र अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना सुधारगृहको पर्खाल नाघेर फरार भएका हुन् । सुनसरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सुधारगृहमा राखिएका जबर्जस्ती करणीका आरोपित ‘महेन्द्र नगर क्ष’ र कर्तव्य ज्यान तथा डाका कसुरमा १२ वर्ष छ महिना सजाय तोकिएका ‘डक–के–२–१५–भिआई’ को मोरङ प्रहरीले खोजी जारी राखेको छ ।
बेवारिसे अवस्थामा महिलाको शव फेला
मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
मनसुनी वायुको प्रभाव : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिगो आर्थिक सुधारमा जोड
नेपाल उद्योग वाणिज्य महासङ्घले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरी दिगो आर्थिक सुधारका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । सोमबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि सरकारले गठन गर्ने भनिएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विशेष ध्यान दिनुपर्ने र यसमा महासङ्घले सघाउने धारणा राख्नुभयो । “महासङ्घको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,” उहाँले भन्नुभयो, “अर्थतन्त्रको दिगो सुधारका लागि नीतिगत सुधारमा काम गर्नु पर्छ ।” निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुन बनेकोतर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो ।
सङ्गीत साधक रविनदासको निधन
शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयाघातका कारण शनिबार राति निधन भएको छ । काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठका साथी डा. रमेश पोखरेलका अनुसार हिजो बेलुकाबाट नै श्रेष्ठले हल्का असहज महसुस गरिरहनुभएको थियो । एकछिन काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । स्थानीय समय अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।
उपत्यकाको पानीमा आर्सेनिक बढी
काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो । काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो ।
होटलमा युवती हत्या आरोपमा चाँद खाँ पक्राउ
हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्कस्थित एक होटलमा हेटाैँडा ११ नवलपुरकी एलिषा भन्ने अलिसा न्यौपानेलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई पक्राउ गरेको छ ।
पत्रकारितामा मोतीराम भट्टको योगदानको चर्चा
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग काठमाडौँले १५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक पत्रकारितामा उहाँले खेल्नुभएको योगदानबारेमा चर्चा गरेको छ ।
'मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु'
मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
बाढीले बगाएर महिला बेपत्ता
मकवानपुरको बकैया गाउँपालिका-६ जस्पलकी एक महिला बाढीले बगाएर दुई दिनदेखि बेपता हुनुभएको छ । वर्ष ४२ की नानीमाया तितुङ बकैया गाउँपालिका-६ कैलेनी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएर आइतबारदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।