माडीमा एकीकृत विकासका कार्यक्रम
माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यव्रmम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।
बाढीपहिरोले मिल्ती बजार जोखिममा
गत शनिबार रातिको वर्षापछि आएको बाढीपहिरोले रामेछापको मन्थली नगरपालिका–१३ को मिल्ती बजार क्षतिग्रस्त बनेको छ । मिल्ती बजारमा
मानव बेचबिखनसम्बन्धी कडा कानुन निर्माण हुँदैछ : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा कडा कानुन निर्माण भइरहेको बताउनुभएको छ ।
संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।
उपत्यका जीवन्त सङ्ग्रहालय हो : मन्त्री श्रेष्ठ
भाषा, साहित्य, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जोड दिनुभएको छ।
नेपालमा सम्भावना नै सम्भावना छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताउनुभएको छ ।
प्रदूषण कम गर्न हाइड्रोजन कार : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गर्नुभएको छ ।
लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह
जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो ।
चितवनका सबै इँटा उद्योग बन्द
तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ ।
टिवानको अध्यक्षमा न्यौपाने
पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
बस्न सकेन संयन्त्रको बैठक
बागमती प्रदेशका विभिन्न जिल्लामा मौसमजन्य विपत्का घटना बढ्दो छ तर पछिल्लो समयमा बाढीपहिरो, डुबान, महामारी, दुर्घटनालगायतका घटनासँगै जनधनको क्षति र थप जोखिम बढ्दासमेत प्रदेश विपत् व्यवस्थापन परिषद् र प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्न सकेको छैन ।
सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम तय गर्नुभएको छ ।
बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु
अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
नेसनल हाइड्रो मर्मत गर्न तिस करोड लाग्ने अनुमान
बाढीले क्षतिग्रस्त नेसनल जलविद्युत् आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । नेपालीको मात्र लगानीमा निर्माण भई विद्युत् उत्पादन गरिरहेको ७.५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको बाढीले क्षति पुर्याएको थियो । बाढीले आयोजनाको पावर हाउसको स्विचयार्डलगायतका संरचनामा क्षति पुर्याएको थियो । आयोजनाका स्टेसन म्यानेजर इन्जिनियर वसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रूपमा पावर हाउसलगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको बताउनुभयो ।
‘शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नु पर्छ’
नेपालको शिक्षा प्रणाली सिप र श्रममा जोडेर उत्पादन बढाउन सहयोग पुग्ने व्यावहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपालमा दिइने शिक्षा सैद्धान्तिक ज्ञानमा मात्रै आधारित भएकाले यसले श्रम बजार, उत्पादन र रोजगारीलाई जोड्न सकेको छैन । नेपाल उद्योग परिसङ्घ, होटेल सङ्घ नेपाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा बिहीबार राजधानीमा आयोजित ‘शिक्षा र रोजगारी’ विषयक छलफलमा सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो ।
प्रसारण लाइन निर्माणमा जुट्यो सहमति
करिब दुई किलोमिटर क्षेत्रमा स्थानीयको विवादले १४ महिनादेखि अवरुद्ध रहँदै आएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सम्पन्न गर्न सहमति जुटेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणाधीन अवस्थामै छ ।
नेवानिको लापर्बाहीले यात्रुलाई सास्ती
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण निगमको जहाजमार्फत हवाई सेवा लिने यात्रु सास्ती भोग्न बाध्य छन् । यसअघि लगेज फुटेको, यात्रुलाई बेवास्ता गरेको, यात्रुलाई अलपत्र पारेकोलगायतका गुनासा आउने गरेकोमा पछिल्लो समय एकैपटक तीन वटा जहाज ग्राउन्डेड भएपछि सयौँ यात्रु मर्कामा परेका हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित हुँदा निगमले दैनिक ठुलो आर्थिक नोक्सानी मात्रै बेहोरेको छैन, राज्यलाई हुँदै आएको ठुलो आम्दानीमा समेत क्षति थपिँदै गएको छ ।
वर्गीकरण नहुँदा रोकियो कित्ताकाट, कृषियोग्य जमिनमा घर निर्माण तीव्र
अधिकांश स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण नगर्दा कृषियोग्य जमिनमा घर निर्माण हुने क्रम तीव्र बन्दै गएको छ । त्यसका साथै यही कारणले कित्ताकाट रोकिँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । भूउपयोग क्षेत्रको वर्गीकरण गरेका स्थानीय तहले पनि कतिपयले आंशिक रूपमा र केही स्थानीय तहले मात्र पूर्ण रूपमा जग्गाको वर्गीकरण गरेका छन् । वर्गीकरण गर्न ढिलाइ गर्दा कृषियोग्य जमिनमा घर निर्माण तीव्र भइरहेकाले भविष्यमा कृषियोग्य जमिनको अभाव हुन सक्ने खतरा बढ्दै गएको छ । भूउपयोग नियमावली जारी भएको मितिले एक वर्षभित्र स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने भूउपयोग नियमावलीमा उल्लेख भए पनि नियमावली जारी भएको दुई वर्ष बितिसक्दा पनि जग्गाको वर्गीकरण नगर्दा त्यसको मारमा सर्वसाधारण पर्दै आएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । २०७९ जेठ २३ गते भूउपयोग नियमावली जारी भएको थियो ।
सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्छ : मन्त्री काफ्ले
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ।
उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गराउन स्वास्थ्य मन्त्रालयलाई कार्यदलको सुझाव
सङ्घीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।