अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।
अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं १ आँपटारीमा बिहान ८ बजेको समयमा रुख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रुख सुरक्षाकर्मीले काटेर हटाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किने...
तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन । समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ ।
भारतीय बस र ट्रक ठोक्किँदा तीन घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।
साधारण खर्च घटाउन निर्देशन
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च घटाउन, मितव्ययिता अपनाउन र प्रदेश सरकारको कार्यसम्पादन एवं सेवा प्रवाहमा सुशासन कायम गर्न निर्देशन दिएको छ ।
फोहोर फाल्ने खोला सौन्दर्य स्थल
चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खे
बाली बिमामा कृषक शून्य
एक दशकपहिले नै सरकारले किसानको लगानी सुरक्षित गर्न भन्दै ल्याएको बाली बिमा कार्यक्रम जनचेतनाको अभावमा प्रभावकारी हुन सकेको छैन । २०६९ माघ एकदेखि सुरु भएको यो कार्यक्रममा सिन्धुलीमा कुनै पनि कृषक आबद्ध नभएको पाइएको छ । व्यावसायिक कृषकले समेत बाली बिमा कार्यक्रमबारे जानकारी नपाउँदा कार्यक्रमकै उपादेयतामा प्रश्न उठेको छ ।
पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनु पर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालयको संरक्षण, प्रवर्धन र पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा शनिबार सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री भट्टराईले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन अभाव रहेको उल्लेख गर्दै कानुन बनाउन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘छुवाछूत कुप्रथा हो’
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा दलित समुदाय आन्दोलनमा आउनुपरेको बताउनुभएको छ । २५ दिनदेखि माइतीघर मण्डलामा सडक धर्नामा बसेका दलितका लागि दलित अभियानलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा भएको व्यवस्थालाई ऐन बनाएर कार्यान्वयन गरौँ, दलितलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था छ, त्यो कार्यान्वयन गरिदिए भयो त । एक पटकका लागि जमिन उपलब्ध गराउने व्यवस्था छ तर कार्यान्वयन भएको छैन ।”
सडक दुर्घटनामा महिलाभन्दा चार गुणा बढी पुरुषको मृत्यु
सडक दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको सङ्ख्या चार गुणाभन्दा बढी हुने गरेको देखिएको छ । २०७५ साउनदेखि २०८१ असारसम्मको तथ्याङ्क अनुसार सडक दुर्घटनामा जम्मा १५ हजार १६८ जनाको मृत्यु भएकामा दुई हजार ८६५ जना महिला छन् । त्यसै गरी सो अवधिमा १२ हजार ३०३ जना पुरुषको मृत्यु भएको छ ।
हिमाल चढ्न ३६ जनाले पाए अनुमति
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् । विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”
‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको लाइसेन्स दिन थाले पनि त्यसै बेलादेखि यो समस्या जटिल बनेको हो । स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेर राजस्वसमेत तिरेर लाइसेन्स पाउने पालो कुरेका सेवाग्राही १६ लाख छन् । सावरीचालक अनुमतिपत्रका लागि लिइने लिखित, प्राविधिक जाँच र प्रयोगात्मक परीक्षा पास गरेर लाइसेन्सको कार्ड पाउन तीन वर्षसम्म कुर्नु परेको छ ।
शिवपुरीमा बढ्यो चरा संरक्षणको चुनौती
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ झन्डै ८० प्रजातिका नयाँ चरा थपिएका छन् । सन् २०१५ मा नेपाल पन्छी संरक्षण सङ्घले निकालेको सूची अनुसार शिवपुरी क्षेत्रमा ३१८ प्रजातिका चरा थियो । बढेका चरा कसरी जोगाउने भन्ने चिन्ता संरक्षणकर्मीमा थपिएको छ ।
कारागारलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताउनुभएको छ।
पुस्तकालय सञ्चालन नीति अभाव छ : मन्त्री भट्टराई
१७ औँ पुस्तकालय दिवस आज एक समारोहबिच सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा दिवस मनाइएको हो ।
महले बजार नपाएको भन्दै मन्त्रीको ध्यानाकर्षण
चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् ।
कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरीबाट
चितवनको एक मात्र कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरी चौकीले गर्दै आएको छ । जिल्लाको संवेदनशील क्षेत्र भए पनि वर्षौँदेखि अस्थायी प्रहरी चौकीको भरमा सुरक्षा प्रदान भइराखेको हो ।
फेरिँदै तिज मनाउने शैली
बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तिजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिलेपहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उहाँले बताउनुभयो ।
एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो ।
वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ ।
‘सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने’
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कांस्य पदक विजेता गोवर्धनलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।
‘पुस्तकालयको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय सरकार पुस्तकालयको विकास र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पनौतीको सङ्कटा मन्दिर
काभ्रेपलान्चोकको पनौती नगरपालिका-७ मा अवस्थित अर्थात् पनौती बजारदेखि दक्षिण लिलावती नदीको किनार वा सडकको बायाँतर्फ अवस्थित रहेको छ।