• १६ भदौ २०८१, आइतबार

सुनको मूल्य तोलामा छ सयले घट्यो

blog

काठमाडौँ,  भदौ १६ गते ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु. २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ९५ निर्धारण भएको छ । रासस