• १६ भदौ २०८१, आइतबार

उपत्यका जीवन्त सङ्ग्रहालय हो : मन्त्री श्रेष्ठ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, भदौ १४ गते। भाषा, साहित्य, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जोड दिनुभएको छ।

नेपालभाषा केन्द्रीय विभागको ४४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै, ‘‘काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो, यहाँ भएको मूर्त–अमूर्त सम्पदा, संस्कृतिको रक्षार्थ पहिलेदेखि लागि परेको र अहिले पनि मैले लिएको मन्त्रालयबाट थप यसमा काम गर्नेछु, तपाईंहरुको साथ सहयोग सधैं झैँ यसमा पनि पाउने आशा लिएको छु’’, उहाँले थप्नुभयो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पु र्‍य ाउनु भएका प्रा. प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।



नेपाल भाषा विभागका प्रमुख राजनलाल जोशीले मन्तव्यको क्रममा नेपालभाषा केन्द्रीय विभागबाट अनुसन्धानात्मक कार्य भइरहेको र बागमती प्रदेशमा नेपालभाषा सरकारी कामकाजी भाषा भनेर घोषणा भइसकेको हुनाले सरकारी निकायलाई भाषामा दखल भएका जनशक्ति आवश्यक भएको खण्डमा विभागले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

नेपालभाषा साहित्य, संस्कृति र नेवाः सभ्यता उत्थानको लागि निरन्तर वैकुण्ठ लाकौल पुरस्कार तथा महिला विद्यार्थीको प्रोत्साहनको लागि चैन लाकौल पुरस्कार व्यवस्था गरिदिएकोमा नेपालभाषा केन्द्रीय विभाग सदैव आभारी रहेको बताए ।

कार्यक्रममा गत तीन शैक्षिक सत्रमा नेपालभाषा स्नाकोत्तरमा सबैभन्दा बढी अङ्क ल्या उत्तीर्ण कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकाैल पुरस्कारबाट सम्मानित गरिएको छ।