• १६ भदौ २०८१, आइतबार

लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, भदौ १४ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । लागूपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले सबै इमानदार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबै कुरामा सफल हुन सकिने बताउनुभयो ।