• २७ पुस २०८१, शनिबार

गुणस्तरीय शिक्षा प्रदान गर्न होस्टेलमा राखेर अध्यापन

blog

२००७ सालमा स्थापित दोलखाको दोस्रो विद्यालय त्रिभुवन माध्यमिक विद्यालय ।तस्बिर :बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, भदौ १८ गते । करिब सय वर्षअघि स्थापना भएको दोलखाको मेलुङ गाउँपालिका–६ को त्रिभुवन माध्यमिक विद्यालयले इच्छुक कक्षा ६ देखि १० सम्मका ७० जना विद्यार्थीलाई होस्टेलमा राखेर अध्यापन गराउन लागेको छ ।

खस्किँदै गएको पढाइलाई सुधारेर गुणस्तरीय शिक्षा प्रदान गर्न २००७ सालमा स्थापना भएको यो विद्यालयले इच्छुक विद्यार्थीलाई होस्टेलमा राखेर अध्यापन गराउन लागेको विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले कक्षा ८, ९ र १० का बढी र कक्षा ६ र ७ का कम विद्यार्थी छन् । सम्झौता अनुसार होस्टेल व्यवस्थापनका लागि विद्यालयले प्रतिविद्यार्थी तीन हजार र अभिभावकले तीन हजार रुपियाँ लगानी गर्ने छन् । यसमा विद्यालय र अभिभावकको अपनत्व भएको छ । प्रतिफल रामै्र आउने अपेक्षा राखिएको छ । 

होस्टेलमा अध्यापनका लागि विद्यालयकै शिक्षकलाई प्रतिहप्ता तीन÷तीन जना राख्ने तालिका बनेको छ । उहाँहरूलाई अहिले खाने बस्नेको व्यवस्था पनि मिलाइएको छ । विद्यालयका प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, “आर्थिक व्यवस्था गर्न सकिएमा उहाँहरूलाई केही पारिश्रमिक दिने सोच पनि बनेको छ । यसको राम्रो प्रभाव परेमा अरू विद्यार्थी पनि थपिने सङ्केत देखिएको छ ।” कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा ३९६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।