• १७ भदौ २०८१, सोमबार

नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

blog

काठमाडाैं, भदाै १७ गते । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ । सोमवार कारोबारमा आएका ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको कारोबारमा साढे १० अर्ब रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।  

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमबार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।