रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने
काठमाडौँ, जेठ १५ गते । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड लाग्ने बताउनुभयो । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उहाँले बताउनुभयो ।माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु ४० करोड विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ । यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
स्वदेशी उद्योगका जनशक्ति तयार पार्न ‘अन दी जब’ तथा ‘एपरेन्टसिप’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत स्वदेशी उद्योगको मागका आधारमा आवश्यक जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन गरी ‘अन दी जब’ तथा
नियामक निकायको क्षमता विस्तार गरिने
सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता विकासका लागि कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याउन आवश्यक प्रबन्ध मिलाइने भएको छ ।
प्रतिव्यक्ति आय एक हजार पाँच सय सत्र अमेरिकी डलर
नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ ।
उपभोक्ता अदालत सबै प्रदेशमा
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै प्रदेशमा उपभोक्ता आदालत विस्तार गर्ने भएको छ ।
बजेटप्रति निजी क्षेत्र सकारात्मक
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
औद्योगिक पूर्वाधार निर्माण उच्च प्राथमिकतामा
सरकारले उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा औद्योगिक योगदान बढाउन औद्योगिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ ।
अट्ठाइस संस्थान नाफामा पन्ध्र वटा घाटामा
सार्वजनिक संस्थानमा सरकारको लगानी ५.८६ प्रतिशतले बढेर सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ ।
दुई वर्षभित्र चामलमा आत्मनिर्भर
सरकारले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने भएको छ ।
विकास बढाउने संयमित बजेट
पूरा नहुने महत्वाकाङ्क्षी योजनालाई बेवास्ता गर्दै सरकारले अधुरा विकास आयोजना पूरा गर्ने ढङ्गले नयाँ बजेट सार्वजनिक गरेको छ ।
करमा छुटैछुट, मदिरामा बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत एक दर्जनभन्दा बढी शीर्षकमा कर छुट दिएको छ ।
नेपालीलाई विदेशमा लगानी खुला
बजेटले पहिलो पटक नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा आंशिक लगानीको बाटो खुला गरेको छ । पहिलो पटक २०४८/४९ सालको बजेटमा निजी क्षेत्रलाई लगानी खुला गरेयताकै यो दोस्रो ‘डिपार्चर’ हो ।
अर्थतन्त्र सुधारमा केन्द्रित
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट अर्थतन्त्र सुधारमा केन्द्रित छ यद्यपि यसको कार्यान्वयनका लागि हस्तक्षेपकारी ढङ्गले काम गर्नुपर्ने प्रतिक्रिया आएको छ ।
निबन्ध तथा वक्तृत्वकलाका विजयीहरू पुरस्कृत
नेपालस्थित पाकिस्तान दूतावासद्वारा आयोजित १२औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता तथा ८औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
महिला उद्यमीका लागि ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रम सुरु
नेपाली महिलालाई उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले नेपालमै पहिलोपटक ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुआत गरिएको छ।
ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने तयारी
सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ ।
मेयर कप फुटबलमा वडा नं. ७ च्याम्पियन
पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिका वडा नं. ७ ले जितेको छ ।
वडा नं. ७ ले जित्यो वडाब्यापी चेस उपाधि
काठमाडौँ महानगरपालिका वडा नं. २२ ले सञ्चालन गरेको सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौँ वडा नं. ७ ले जितेको छ ।
बजेटको प्राथमिकतामा हिंसा पीडित महिला
अर्थमन्त्री पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
लोकतन्त्रका कारण जनता शक्तिशाली : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक झाँकीसहितको उत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
सुन्दरीजलमा थप पानी प्रशोधन केन्द्र निर्माण गरिने
खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।
नेपालमै पहिलो पटक ‘एकेडमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुवात
नेपाली महिलालाई उद्यमशिलतामा अग्रसर गराउन महिला उद्यमीका लागि नेपालमै पहिलो पटक एकेडमी फर वुमन इन्टरप्रिनर्स कार्यक्रमको सुरुवात भएको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले बिहीबार काठमाडौँमा एक समारोहकाबिच एकेडमी अफ वुमन इन्टरप्रिनर्स कार्यक्रम सुरुवात गर्नु भएको हो ।
खानेपानी मन्त्रालयका लागि करिब ३४ अर्ब बजेट
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले खानेपानी मन्त्रालयका लागि करिब रु ३४ अर्ब बजेट विनियोजन गरिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै खानेपानी मन्त्रालयका लागि रु ३३ अर्ब ८९ करोड विनियोजन गरेको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि दुई अर्ब आठ करोड बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि दुई अर्ब आठ करोड बजेट विनियोजन गरेको छ ।