१५ दिनअघि नै भित्रियो मनसुन
नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै हुनुहुन्छ । उहाँको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै हुनुहुन्छ । उहाँहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै हुनुहुन्छ ।
एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
निजामति विधेयक जेठ २० गते संसदमा लैजाने तयारी
सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही जेठ २० गते संसदमा लैजाने तयारी गरेको छ ।
संसदका आगामी बैठक सहज ढङ्गले सञ्चालन हुन्छन् : एमाले
सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुने विश्वास लिएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताउनुभएको हो ।
गृहमन्त्रीको राजीनामा र छानबिन समिति चाहियोः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
विपक्षी दलले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँः नेपाली कांग्रेस
सत्तारुढ नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ ।
पाँच साना राजतीनिक दलको ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा
साना पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । जनकपुरमा एक समारोहका बिच गठबन्धनको घोषणा गरिएको हो ।
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्रीको सम्मान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ ।
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो हो ।
महिनावारी स्वच्छताबारे सचेतनाका फैलाउन साइकल र्याली
महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका हुन् ।
सगरमाथाको सुन्दरता र सुरक्षा
अहिले सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानका रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही नीति नियम बनाउनुपर्नेछ ।
एशियाली राष्ट्रबिच सहकार्यमार्फत कृषि प्रणाली रुपान्तरण आवश्यक : कृषिमन्त्री
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबिच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मातृभाषा पढाइ प्रवाहका लागि शिक्षक तालिम
रामेछाप सदरमुकाम मन्थलीमा लोप हुने अवस्थामा पुगिसकेको माझी भाषाको संरक्षण तथा लिखित रूपमा प्रवर्धन गर्ने उद्देश्यले “शिक्षक तालिम कार्यक्रम“ शुक्रबारबाट सुरु भएको छ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ ।
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि रु १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ ।
पहिला देशलाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ : सांसद भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत, साधनको उपयोग गर्दै देशलाई आर्थिक रूपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सगरमाथा आरोही शाकिल र श्रेष्ठ सम्मानित
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बङ्गलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
सरकारी कार्यालय नै छैनन् अपाङ्गतामैत्री
सिन्धुली जिल्लामा स्थानीय तहका भवन तथा सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । राज्यले सरकारी तथा सार्वजनिक स्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।