अब सबै रोगको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा हुन्छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताउनुभएको छ ।
बच्चा कोरल्दै आगन्तुक चरा
गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।
अन्तरपालिका स्तरीय क्रिकेटको उपाधि नीलकण्ठलाई
धादिङबेँसीमा भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ ।
काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण
विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई अस्थायी आवास निर्माणार्थ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यविधिप्रति यहाँका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।
पशुको मासु नखाइ पनि जीवन जिउन सकिन्छ
पशुपक्षीलाई कष्ट नदिईकन, पशुको माछा मासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले जोड दिएका छन् ।
नेवार समुदायले मनाए शिथिः नखः पर्व
नेवार समुदायले आइतबार शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
च्याउ खाँदा बाबुछोरा बिरामी
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओकरेमा च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् । मकवानपुरगढी गाउँपालिका–८ ओकरे बस्ने वर्ष ६१ को वीरबहादुर तितुङ र निजका आठ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
भर्याङबाट लडेर वृद्धको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालका ४ चौतारा घर भएका एक वृद्धको भर्याङबा लडेर मृत्यु भएको छ । विद्युत् नभएको समयमा टर्च लाइट खोज्ने क्रममा पक्की घर भएको एक तल्लाको भर्याङबाट लडेर गम्भीर भएका सूर्यबहादुर थिङको उपचारको क्रममा मृत्यु भएको हो ।
कर्णाली डेभलपमेन्ट बैंकको २५० करोड रकम हिनामिना, संस्थापक अध्यक्ष पक्राउ
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ पर्नुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ ।
भक्तपुर–नगरकोट सडक स्तरोन्नति
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ ।
पूर्वमन्त्री आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत पूर्वमन्त्री आलमको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।
हराउँदै हलगोरु पाल्ने प्रचलन
मधेशका जिल्लामा हलगोरु पालेर खेती लगाउने प्रचलन हराउँदै गएको छ । खेतबारी खनजोतका लागि सहज रूपमा ट्याक्टर उपलब्ध हुन थालेसँगै गोरु पाल्ने प्रचलन लोप हुने अवस्थामा पुगेको हो ।
मध्यभोटेकोशीको विद्युत् उत्पादन छिट्टै
सिन्धुपाल्चोककै सबैभन्दा ठुलो मध्यभोटेकोशी जलविद्युत् आयोजनाले तेस्रो पटक सुरुङ परीक्षण सकेर जेठलगत्तै विद्युत् उत्पादन सुरु गर्ने भएको छ । विद्युत् उत्पादनका लागि विसं २
अझै बनेन गुम्बा अध्ययन केन्द्र
रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ भदौबाट गुम्बा तथा अध्ययन केन्द्रको निर्माण सुरु भएको थियो ।
‘नेपालको प्राकृतिक सौन्दर्य विश्वमै अनुपम’
नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष भए पनि यी दुई देशबिच सदियौँदेखि आपसी सम्बन्ध रहँदै आएको छ ।
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डाँडाभरि धार्मिक संरचना
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् ।
बजेट कार्यान्वयनमा शङ्का गर्नु पर्दैन : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापन गरेर मात्र तय गरिएकाले कार्यान्वयनमा शङ्का गर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सत्ताइस हजारलाई सिपमूलक तालिम
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २६ हजार नौ सय युवालाई निःशुल्क छमहिने तालिम प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत सो सङ्ख्यालाई सो अवधिका तालिम प्रदान गरिने भएको हो ।
कांग्रेसलाई नयाँ र सशक्त ढङ्गले लैजानुपर्छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताउनु भएको छ ।
भेटघाट रोकेर बजेटको तयारी
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सर्वसाधारणसँगको भेटघाट बन्द गरेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारी थालेको छ । मन्त्रालयले शनिबारबाट सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेर मन्त्रालयका कर्मचारी आगामी आवको बजेट तर्जुमामा जुटेका हुन् ।
अठार संस्थानको मात्र नियमित लेखा परीक्षण
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार कम्पनी ऐनबमोजिम स्थापना भएका ३४ वटा संस्थानमध्ये १८ संस्थानले नियमित लेखा परीक्षण गराएका छन् ।