• २० जेठ २०८२, मङ्गलबार

नेवार समुदायले मनाए शिथिः नखः पर्व

blog

नेवार समुदाय शिथिः नखः पर्व मनाउँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १८ गते । नेवार समुदायले आइतबार शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

सोही परम्पराअनुसार यस दिनलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीको रूपमा पनि मनाइन्छ । शिथिः नखः पर्व धार्मिक मात्र नभइ पर्यावरणीय महत्त्वका रुपमा लिने गरिन्छ ।

परापूर्वकालदेखि नै नेवाः समुदायले यस दिनलाई वातावरण दिवसको रूपमा मनाउँदै आएका छन् । आजको दिन पानीका मुहानहरू इनार, धारा, बाटो इत्यादि सरसफाइ गर्ने चलन छ ।