यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
‘क्षयरोगले शरीरका सबै अङ्गमा असर गर्छ’
नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । राष्ट्रिय क्षेयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ ।
पाकिस्तानको राष्ट्रिय दिवसमा झण्डोत्तोलन
पाकिस्तानको ८५ औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डात्तोलन गरिएको छ । दिवसका अवसरमा आइतबार नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डोत्तोलन गर्नुभयो ।
आजको मौसम : देशभर आंशिक बदली
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अध्यक्षमा सापकोटा
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
‘आर्थिक परिसूचकहरू सकारात्मक’
अर्थतन्त्र चलायमान हुन नसकेको सरोकारवालाको गुनासो कायमै रहेको समयमा अर्थ मन्त्रालयले भने अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको उल्लेख गरेको छ ।
विवाहको उमेर बहस : मन्त्रीबाट दुई विकल्प प्रस्ताव
विवाहको उमेरबारे पछिल्लो समयमा सरकार र संसदीय समिति दुवैले बहस चलाइरहेका छन् । विवाहका लागि २० वर्ष हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको ६ वर्षपछि नै उमेर पुनरवलोकनको बहस चलिरहेको छ ।
हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ जना घाइते
काठमाडौँको चन्द्रागिरि नगरपालिका –२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।
तारकेश्वर नगरसभा सुरु
काठमाडौँ तारकेश्वर नगरपालिकाको आइतबार नगर कार्यपालिका कार्यालय धर्मस्थलीमा भएको १६ औँ नगरसभामा सुरु भएको छ ।
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण
बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार अपराह्न सवा १२ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने हुने छ ।
सुनको मूल्य तोलामा नौ सय घट्यो
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय र चाँदी तोलामा १५ रुपियाँले घटेको छ ।
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
कांग्रेस बैठकमा सदस्यता नवीकरणसम्बन्धमा छलफल हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
टुहुराको सहारा प्रदेश सरकार
अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको छ ।
प्रजनन केन्द्रमा जन्मियो छावा
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा छावा पैदा भएको छ । प्रजनन केन्द्रमा रहेको रिमझिमकली (ढोई) बाट शुक्रबार मध्यरातिमा छावा जन्माएसँगै प्रजनन केन्द्रमा नयाँ छावा थपिएको हो ।
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत अइतबार राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने हुने छ ।
नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो
केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कृषि उपकरणमा कृषिमन्त्रीकै अविश्वास
कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।