आजबाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
ऊर्जाबारे बजेटमा अनपेक्षित प्रावधान
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा विद्युत् खरिदबिक्रीको विद्यमान प्रावधानमा अनपेक्षित रूपमा परिवर्तनको बुँदा आएपछि नेपालको ऊर्जा उद्यममा खैलाबैला भएको छ ।
काठमाडौँ र कर्णालीलाई सबैभन्दा धेरै अनुदान
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घ सरकारले स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिका र प्रदेशतर्फ कर्णाली सरकारलाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने भएको छ ।
‘युवा र पुँजी पलायन रोक्नु पर्छ’
राष्ट्रिय सभाका सांसदले स्नातक तह पढ्न विदेश जान प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभएको छ । युवा र पुँजी दुवै पलायन रोक्न कानुन बनाएर संसद्ले यस प्रकारको व्यवस्था गर्नुपर्ने सांसदहरूको तर्क छ ।
कलेजो र मिर्गौला प्रत्यारोपणपछि महर्जन ‘डिस्चार्ज’
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएका व्यक्ति १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी सोमबार ‘डिस्चार्ज’ हुनुभएको छ ।
सरकार–यातायात व्यवसायी वार्ता सहमतिनजिक
सरकार र यातायात व्यवसायीबिचको वार्ता सहमतिउन्मुख बनेको छ । आन्दोलनरत यातायात व्यवसायी, गृह मन्त्रालय र कार्यदलसँगको दिनभर पटक पटक भएको छलफलपछि साँझ अबेर दुईपक्षबिचको वार्ता सहमतिनजिक पुगेको हो ।
कञ्चनजङ्घामा आत्मीयता
भौगोलिक अखण्डता, सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहने हरेक राष्ट्रका सैनिक छिमेकी सेनाप्रति सधैँ चनाखो अनि सशङ्कित हुन्छन् । जल, जमिन र आकाशसमेत आमनेसामने रहने कतिपय छिमेकी मुलुकका सेनाबिच बढ्दो तनावबाट आमसर्वसाधारण बढी पीडित भइरहेका छन् ।
खाद्य स्वच्छता दिवस मनाइँदै
काठमाडौँ, जेठ १९ गते । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नेपालमा यससम्बन्धी कार्यक्रम गरिँदै आएको जनाएको छ । विसं २०६५ देखि विभागले दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले यही जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी दिवस मनाउने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वच्छ एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने गरेका छन् । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या छ । संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । संविधानबमोजिम सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरेको छ । मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र प्रभावकारी नियमनको व्यवस्था गरेको छ ।
नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
काठमाडौँ, जेठ १९ गते । नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ । बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा सङ्घका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गर्नुभएको थियो । सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो । पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको सङ्घले जनाएको छ । यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ ।
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) को संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।
देशको शिर उँचो हुने गरी खेल्नुस् : खेलकुद मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शिर उँचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिकूल परिस्थितिमा अनुशासित बजेट ल्याएको छु: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकूल परिस्थितिमा अनुशासित बजेट ल्याएको बताउनुभएको छ ।
‘सिन्धुलीगढी युद्ध’ विमोचित
पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिन्धुलीगढी युद्ध’ पुस्तकको विमोचन गरिएको छ ।
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ, जेठ १९ गते । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो,“विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।”गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र [एनइओसी]को एउटा शाखा राख्नसमेत आग्रह गर्नुभयो । “यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुप¥यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो । बढी जोखिम देखिएका ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ थियो । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो कमजोरी भयो भन्ने अवस्था आउनुभएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो”, उहाँले भन्नुभयो ।छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिइएको थियो । विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
संस्थापक विषय टुङ्गो लगाउन ध्यानाकर्षण
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भेट गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः ध्यानाकर्षण गराएको छ ।
खाद्य स्वच्छता दिवस मनाइँदै
'खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।
बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
यातायात व्यवसायीसँग वार्ता सुरु
सरकार र यातायात व्यवसायीबिच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो।
डलर सट्टा गर्ने भन्दै ३० लाख ठगी गर्ने ताराबहादुर पक्राउ
अमेरिकी डलर सट्टा गर्ने भन्दै डलर देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ घर भएका तारा बहादुर तामाङलाई भक्तपुर चाँगुनारायण नपा ३ दुवाकोटबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
‘जातीय विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्नुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय विविधता नै नेपालीको पहिचान भएकाले यसलाई राष्ट्रिय एकताका लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
मनसुनजन्य विपद् प्रतिकार्य समिति गठन
बाढीपहिरोले विगतमा जस्तो मानवीय र भौतिक क्षति नहोस् भन्ने हेतुले बलेफी गाउँपालिका–८ ले वर्षायाममा हुने मनसुनजन्य विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्य समिति गठन गरेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।