स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका महत्वपूर्ण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमतालाई अभिवृद्धि गर्न लगानी गर्नुपर्ने बताउनुभएको छ ।
भएन जग्गाको वर्गीकरण कित्ताकाट रोकिन सक्ने
भूउपयोगको क्षेत्र परिवर्तन गर्न झन्झटिलो हुने भएपछि अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् ।
नेपाली रेल सेवा दुई महिना बन्द
जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् ।
अब देशभर विपत् सूचक र उद्धारक
मनसुनी वर्षासँगै बाढी, पहिरो, डुबान तथा दुर्घटना जस्ता प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै जिल्लामा विपत् सूचक तयार गरिने भएको छ ।
अबको मुद्दा सुदृढ गणतन्त्र
विसं २०५९ असोज १८ गते शाह वंशका अन्तिम शासक तत्कालीन राजाबाट ‘शाही घोषणा’ मार्फत जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि मुलुकमा सर्वत्र शाही कदमको विरोध सुरु भयो ।
पर्यटन प्रवर्द्धनका लागि महिला ट्रेकिङ गाइडलाई तालिम
पदयात्रा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्यले महिला ट्रेकिङ गाइडलाई तीन दिने ओरेन्टेसन तालिम आयोजना गरेको छ । देशैभरका ३० जना महिला गाइडलाई नेपाल पर्यटन बोर्ड र पासाङल्हामु फाउन्डेसनले संयुक्त रूपमा तालिम दिएको हो ।
नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस् : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरूपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताउनुभएको छ ।
बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरिएको छः अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पार्नुभएको छ ।
लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताउनुभएको छ ।
आधारभूत मूल्यमान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ ।
बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार ‘अर्हत्’ लाई
आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ ।
‘भुइँमान्छेहरू सांसदबाट विकास चाहन्छन्’
प्रतिनिधिसभा सदस्य गङ्गाप्रसाद यादवले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदमा सरकार, कर्मचारी र आम नागरिकको हेराई फरक रहेकाले स्रोत साधन वितरणमा विभेद भएको बताउनुहुन्छ । गोरखापत्र अनलाइन डट कमसँगको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा उहाँले सो कुरा बताउनुभयो ।
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित: प्रधानमन्त्री
काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ ।कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताउनुभयो ।“म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।” उहाँले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताउनुभयो ।कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–ध्रुवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।संसदमा प्रस्तुत बजेटका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिनुभयो । “हामीलाई त्यसै पपुलिस्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ”, उहाँले भन्नुभयो, “हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।”प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिनुभयो ।
पानीको रङमा रङमगिँदा
‘पानीको रङ’ कृति भर्खरै बजारमा आएको छ । विदेशी भूमिलाई लामो समयदेखि कर्मथलो बनाइरहेका ऋषि बस्ताकोटीको यो पहिलो कवितासङ्ग्रह हो । कवितासङ्ग्रहभित्र छिर्दा शीर्षकले नै पर्या, प्रकृति र जराप्रतिको प्रेमले ओतप्रोत भएका कवि हुन् भन्ने अनुभूति दिलाउँछ ।
‘बिस प्रतिशत रकम साझेदारी गर्न सकिँदैन’
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले गत असोजमा आएको बाढीपहिरोबाट पीडित परिवारका लागि निजी आवास बनाउन साझेदारी रकम बेहोर्न नसक्ने बताएका छन् ।
धूम्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य
डा प्रकाश बुढाथोकीकाठमाडौँ, जेठ १७ गते । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ । अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको ।अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एकहजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । यिनै समस्याहरूको समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको वारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा बिश्व धूम्र्रपानरहित दिवस मनाइने गरिन्छ ।धूम्र्रपान भन्नाले के बुझिन्छ ?सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टीका र निकोटीयना टोवाकम”को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, विडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्र्रपानको सङ्ज्ञा दिइन्छ । यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो ।सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त ?सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपहरूमा खाने गर्ने गरिन्छ । धुवाँको रूपमा – नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा सुर्ती सेवन गर्दछन् । आर्थिक हैसियतअनुसार सिगार, चुरोट, विडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानीया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिलाहरू जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ । धुवाँरहित रूपमा–हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीहरूमा यस्तो रूपको धूम्र्रपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती – पानसँग, सुपारीसँग वा सुर्ती मात्रै जस्तै जर्दा, मावा मुखमा राखी रस लिने÷चुस्ने सुर्ती – जस्तै खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन ।दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती – जस्तै बजार दाँत सफा गर्न ९मंजनको रूपमा० प्रयोग गरिने सुर्ती – जस्तै गुल, गुडाखु, मिश्री, मसेरी र वास÷गन्ध लिने सुर्ती – जस्तै स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा ।नकारात्मक असरएक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूम्र्रपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन । वरीपरी बस्ने मानिसलाई पनि खराब असर पु¥याउँदछ । कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूम्र्रपान नै हो । यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सरहरू बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ । दाँत, छाला र औँलाहरू निकोटिनले पहेंला त्यसपछि कालो बनाउँछ । रक्तनली एवं भल्भमा निकोटिन जम्दै जाँदा बोसोको मात्रा बढ्दै जाँन्छ । साँघुरिँदै जान्छ । धूम्र्रपानले मायोकार्डीयल इन्फाकेशन, हटफेल र हृदयाघात हुने संभावना तीन गुणा बढाउँछ भने मुटुसम्बन्धी रोगहरू पाँच गुणा बढी हुन्छ । खुट्टामा थोम्ब्रोएण्जाइटिस अवलीटेरन्स हुन्छ । छाती सम्बन्धी रोगहरू दम, खोकी बढ्ने, टिबि ९क्षयरोग० निमोनिया, ब्रोङकाइटिस, जीर्ण फोक्सोगत रोगहरू र चाहिने अक्सिजन लिन नसकी स्याँ स्याँ हुन्छ । घुर्ने समस्या बढाउँछ । शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । श्रवणशक्ति कमजोर बनाउँछ, दिमागको कोषलाई असर पारी आई।क्यू लेबल पनि घटाउँछ । समयपूर्व नै छालामा चाउरी पर्ने गराउँछ । कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्न, औषधिले काम नगर्ने, औषधि विरुद्ध अवरोध सृजना गराउने गर्दछ । धूम्र्रपान नगर्नेलाई भन्दा गर्नेलाई क्यान्सर हुने अधिक संभावना रहन्छ । हुने गरेका क्यान्सरमा ९० प्रतिशत भन्दा बढी मुखको क्यान्सर, ८५ प्रतिशत फोक्सोको क्यान्सर, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तनको क्यान्सर,पेटको, मिर्गौला को फियोको क्यान्सरको कारक धूम्र्रपान नै पाइएको छ । जम्मा क्यान्सरमध्ये ६५ प्रतिशत धूम्र्रपानले नै गराउँछ। पुरुषमा नपुंशकता र महिलामा बाँझोपन, मांशपेशी कमजोर, हाड कमजोर, मोतिया विन्दु, चपाउने सुर्ती प्रयोग गर्नेमा पेट दुख्ने, पटक पटक थुकिरहनुपर्ने, पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल संभावना । खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँदछ । ३० वर्षको धूम्र्रपानकर्ता र ४२ वर्षको धूम्र्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पुरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेण्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ । छोरा हुने संभावना घटाउँछ । क्रोमोजोमलाई निकोटिनले असर पारी पुरुषको प्रजनन् क्षमतामा कम, शुक्राणु नोक्सान र महिलाको पाठेघरमा नरभ्रुण बस्न नदिने अवस्था ल्याउँछ ।। कपाल र लुगा फोहोर हुने, तालु खुइलिने, कपाल झर्ने, छाला पत्रिंदै फुस्रो हुने ९सोरियासीस०, अनुहारको चमक हराएर चाँडै चाउरी पर्ने, ओठ सुख्खा, नीलो वा कालो भई सुन्दरता नष्ट भई कुरूप बनाउँछ । धूम्र्रपानले मष्तिष्कमा रक्तश्राव गराउनसक्छ र पक्षघात भई मृत्यु हुन सक्छ । खानामा रुची कमी, पेटमा अल्सर, पेटमा गडबडले गर्दा कुपोषण हुन्छ । दम, खोकी, स्याँ–स्याँ र कमजोरीका कारण कामबाट वन्चित भै अम्मली गरिबीको दलदलमा फस्दछन् ।। मासिक श्रावमा गडबडी, स्नायु नशा तथा धमनी सुन्निने, मधूमेह बनाउँछ । निकोटिनको दीर्घकालीन असर हातखुट्टामा पनि परी हातखुट्टामा बढी जाडो महसुस गरेको, औंला र जोर्नी दुखेको तथा बर्गर रोग लागेको देखीन्छ । सुर्तीमा के छ र यति धेरै रोग लगाउन सक्ने ?सुर्तीलाई परापूर्वकालमा औषधीको रूपमा, घरानियाको प्रतिकको रूपमा र धार्मिक रूपमा प्रयोग गरिएता पनि प्राचीनकालमा नै यसका बेफाइदा थाहा भइसकेको कुरा प्राचीनकालमा टर्कीमा धूम्र्रपान गर्नेलाई मृत्युदण्ड दिने चलन र रुसका राजा जारहरूद्वारा धूम्र्रपान गर्ने प्रजाहरूलाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथाबाट प्रष्ट हुन्छ तर वैज्ञानिक आधार पत्ता लागेको ५० वर्ष मात्र भएको छ ।अप्रशोधित सुर्ती वा ककडमा २५०० भन्दा बढी रसायनिक तत्व हुन्छन् भने ४३ तत्वहरू कार्सीनोजन हुन्छन् । यही सुर्तीलाई धुवाँको रूपमा सेवन गर्दा ४००० रसायन हुन्छ । जसमा ४०० विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यासहरू र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरू हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा जस्तै चुना प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ ।उक्त कार्सीनोजन तत्वहरूमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलीन्युक्लीयर एरोमेटीक हाइड्रोकार्वन, टार, खोटो फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्वनमोनोअक्साइड, कार्वनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडीहाइड, ट्रेस धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० इत्यादि पर्दछन् । प्रमुख प्राणघातक रसायनमा निकोटिन, खोटो र कार्वनमोनोअक्साइड पर्दछन् । एसीटोन, एमोनिया, आर्सेनिक, वेन्जीन, फर्मालीन जस्ता तत्वहरूले चुरोटको धुवाँमा रहेको विषाक्ततालाई थप उर्जा दिन्छन् ।धूम्र्रपान विरुद्धमा नेपालमा के गर्नुपर्ला त ?धूम्र्रपानले व्यक्ति, समाज, परिवार र राष्ट्रलाई नै अधोगति गराउने हुनाले यसको विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्दछ । नेपालमा धूम्र्रपान विरुद्धको अभियानमा निजी, सरकारी, गैरसरकारी, सङ्घसंस्था थुप्रै लागेका छन् तर तिनमा सामन्जस्यको कमी छ भने यस अभियानको दायित्वबोध सबै सङ्घसंस्था, संचारमाध्यम र तपाई, म, हामी सबै नागरिक समाजले नगर्दा यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । धूम्र्रपान जस्तो समाजको साझा समस्यालाई सामुहिक पहलबाट सामाजिक बहिस्कार गर्ने, धूम्र्रपान विरुद्ध अभियानलाई निरन्तर प्रक्रियाका रूपमा वर्षको ३६५ दिन नै सक्रिय रूपमा अघि बढाउनु पर्छ । विद्युतीय संचार माध्यममा २०५५ फाल्गुण ७ देखि धूम्र्रपानसम्बन्धी विज्ञापनमा रोक भए पनि सबै संचारका माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउनुपर्छ । धूम्र्रपान सम्बन्धी विज्ञापन वोर्डहरू, होर्डिङ्ग वोर्डहरू, सम्पूर्ण छापा, भित्ते पोष्टरमा बन्देज गरिनु पर्दछ । स्कुलको पाठ्यक्रममा धूम्र्रपानबाट हुने हानीबारे पाठ्यसामग्री बढाउनु पर्छ किनभने धूम्र्रपानको लत स्कूले उमेरबाट नै सुरु हुन्छ । विद्यार्थीलाई दिइएको शिक्षाले उसको ५० वर्षको जीवन स्वस्थ र सुरक्षित रहन्छ ।उपचारमा ठूला ठूला अस्पताल तथा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल प्रमुख भए पनि देशका पाँचै विकास क्षेत्रमा सहायक केन्द्र हुनु पर्ने तथा स्वास्थ्यचौकी, अस्पताल र सार्वजनिक स्थलमा सुर्ती सेवनका बेफाइदाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । । ठूला व्यक्तिहरू, आदर्श व्यक्तिहरूद्वारा सेवन नगरिदिने गर्दा पनी अम्मलमिा न्युनीकरण हुनसक्छ । बच्चाहरूले देखासिकीमा बाबुआमा, दिदी, दाई, नायक, नायिका, खेलाडी, मोडेलबाट सिक्दछन् । सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा स—साना प्याकेट र फुटकरमा किनमेल गर्न नपाइने बनाउदा पनि अम्मलीको र बालबालिकाको सङ्ख्या घटाउन सकिन्छ । चुरोटको सेवनलाई घटाउन वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुनसक्छ । विश्व बैंकका अनुसार चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आय दर भएका मुलुकहरूमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकहरूमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यवृद्धिले पनि करिब ४ करोड २० लाख मानिसहरूले धूम्र्रपानको लत छोड्ने र त्यसको परिणाम स्वरूप कम्तिमा १ करोड मानिसहरू चुरोट सम्वद्ध रोगका कारण मर्नबाट बच्नेछन् । बालबालिकालाई ओसार पसार, विक्री वितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनु पर्दछ । अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनु पर्दछ । सार्वजनिक स्थलमा धूम्र्रपान बिक्री वितरण गर्नेलाई कारवाही, दण्ड र सजायको कार्यान्वयन गरी भागीदार गरिनु पर्दछ । निःशुल्क स्वास्थ्य शिविर, सहकारी, सरकारी र गैह्र सरकारी संस्थाहरूबाट बेला – बेलामा गरिने कार्यक्रमको आयोजना शहरी क्षेत्रमा मात्र नभई गाउँ – गाउँमा र धेरै सङ्ख्यामा गरी धूम्र्रपानलाई निरुत्साहित पार्नु पर्दछ । आवश्यक सरसुविधा पूर्वाधार र दरबन्दीको व्यवस्था गरी डेन्टल र मेडिकल डक्टर गाउँ – गाउँमा जाने वातावरण बनाइनु पर्दछ । जसले एकातिर धामी झा“क्री, झोले डाक्टर र नक्कली डाक्टरको विगविगी घट्ने र उनीबाट ठगिएका जनताले गुणस्तर र सर्वसुलभ उपचार पाउने छन् भने अर्कोतिर रोजगारी नपाएर डक्टर भौतारिनु र विदेशिने अवस्थाको अन्त्य हुने छ । सुर्तीजन्य पदार्थ सेवनबाट बच्न अम्मली स्वयंकै दृढ संकल्प र उच्च मनोबल चाहिन्छ । कुलतबाट छुटकारा पाउन परिवारजनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ । आफूलाई सकेसम्म व्यस्त राख्दा यस्ता लतमा ध्यान जादैनन् । सकेसम्म एक्लै वस्नु हुँदैन, परिवार र साथीस“ग बसी छलफल गर्ने गर्नुपर्दछ । साथीलाई समेत कुलतबाट छुटकारा पाउन सल्लाह दिनु पर्छ । कुलतबाट मुक्त हुन कुनै विशेष तिथिमिति जस्तै जन्मदिन, नया“ वर्ष वा प्रेरक व्यक्तित्वको जन्म दिन पारेर प्रतिज्ञा गर्नु पर्छ । उक्त अठोट बारेमा सकेसम्म धेरै साथी वा परिवारजनलाई बताएर मनोवल बढाउन सकिन्छ । सुर्ती सेवनमा निर्भर भइसकेकाहरूको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बाट गर्न सकिन्छ । अन्तमा, धूम्र्रपानले स्वास्थ्यमा प्रतिकुल असर पार्छ नै त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने क्रममा कैयन कामदारहरू अम्मली बन्दछन् जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारको लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्न सक्दछन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजश्व दिन्छ तर अम्मलीलाई केवल कष्टकर प्राणघातक रोगहरू र मृत्यु मात्र दिन्छ । (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव एवं प्रवक्ता हुनुहुन्छ)
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छः अर्थमन्त्री पौडेल
काठमाडौँ, जेठ १७ गते । सरकारले आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ रु भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग राससका समाचारदाता हेमन्त जोशीले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश :आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ?- स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आएको छ । खर्च व्यवस्थापनमा हामीले स्रोतको अधिक सदुपयोग हुने कुरालाई जोड दिएका छौँ । आन्तरिक राजस्व र आन्तरिक तथा बाह्य ऋण परिचालनका सवालमा पनि यथार्थपरक हुन खोजिएको छ । पुँजीगत खर्चको विनियोजन बढाइएको छ, निरन्तर बढ्दो चालु खर्चलाई निश्चित सीमाभित्र राख्न खोजिएको छ, र वित्तीय हस्तान्तरणबाट प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि गरिएको छ । यो बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने सिलसिलामा मुख्यगरी दुई–तीनवटा कुरालाई जोड दिएको छ । लगानी वृद्धिका निम्ति अनुकुल नीतिगत सुधारको बाटो तय गरेको छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्ने नीति लिएको छ । उत्पादन वृद्धि र रोजगारी सिर्जनाका निम्ति पनि अनुकुल आधार तयार पारेको छ भन्ने मेरो विश्वास छ । थाती रहेका कैयौँ समस्यालाई समाधान गर्ने दृष्टिकोण पनि बजेटले लिएको छ ।अहिले औसत खालको मात्रै बजेट आयो भनेर टिप्पणी भइरहँदा तपाईले हस्तक्षेप गर्न नखोजेको कि नसकेको ?- सुधारका नाममा अन्धाधुन्ध हस्तक्षेप गर्ने कुरा भएन । आवश्यक ठाउँमा सही नीति निर्धारण गर्ने र सही नीति लिनका निम्ति बजेटले लिनपर्ने पहलकदमी लिएकै छ । विभिन्न नीतिगत सुधार भएका छन् । वैकल्पिक विकास वित्तको उपयोग नीति लिइएको छ । आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा सुधार थालिएको छ । अर्को आर्थिक वर्ष कुर्ने नभई जेठ १६ गतेबाटै हामीले खरिद प्रक्रिया थाल्नसक्ने व्यवस्था गरेका छौँ । मितव्ययिता र खर्च कटौतीको नीतिले चालु खर्च सन्तुलनमा राख्ने अपेक्षा हामीले गरेका छौँ । सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको छ ।करका विषयमा बाहिरको बुझाई के थियो भन्नेकुरा मैले भन्न सक्दिन । कस्तो राजस्व नीति लिने भनेर धेरै थरिका सुझाव आएका थिए र सबैका सुझाव सुनेका पनि थियौँ । तर करका सन्दर्भमा अहिले जे निर्णय गरिएको छ, त्यसले राज्यप्रतिको करदाताको विश्वास बढाएको छ भन्ने मलाई लाग्छ ।यसपटकको बजेटमा तपाईलाई कस्ता राजनीतिक दवाव आए रु तपाईको बजेट राजनीतिक पूर्वाग्रही वा अनुशासित ?- बजेट माथि जेजस्ता प्रतिक्रिया आएका छन्, ती सबै स्वागतयोग्य छन् । बजेट बनाउँदा राजनीतिक दवाव र सजिलो वा अप्ठ्यारोभन्दा पनि यथार्थपरक र अनुशासित भएर बजेट बनाउने कुरामा मेरो ध्यान केन्द्रित थियो । म त्यही हिसाबले अगाडि बढे । बजेट निर्माण दवावको कुरा होइन, औचित्यमा आधारित भएर गरिने कुरा हो । मैले कुनैपनि खालको दवाव महसुस गरिन । कतैबाट पनि दवाव थिएन र त्यसको अनुभव गर्न परेन । यद्यपि, बजेटलाई निरपेक्ष रूपले राजनीतिबाट अलग गर्न मिल्दैन । किनभने बजेटले मुलुकको संविधानलाई पछ्याउनुपर्छ । सरकारको नीति तथा कार्यक्रमलाई पछ्याउनुपर्छ । त्यसैअनुरूप बजेट आएको छ । त्यसकारण यसलाई राजनीतिबाट अलग भएर पूर्णरूपमा प्राविधिक ढङ्गले आएको भन्न मिल्दैन । तर बजेटका आधारभूत मान्यताको सीमाभित्र रहेर यो बजेट आएको छ ।आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र त उत्साहित भयो तर सर्वसाधारण नागरिक केन्द्रमा परेनन् भन्ने गुनासो आयो नी ?- लोकरिझ्याँईभन्दा पनि अहिले हामी राष्ट्रका आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्ने अवस्थामा थियौँ, चाहे आयोजनाको सन्दर्भमा होस् वा कार्यक्रमको सन्दर्भमा होस् । त्यहि अवस्थालाई ख्याल गरेर बजेट आएको छ । हामी सस्तो लोकप्रियताभन्दा पनि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक वृद्धिदर बढाउने र दिगो बनाउने कुराबाट बढी निर्देशित थियौँ । आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी वृद्धि हुने, रोजगारीका अवसर वृद्धि हुने र पूर्वाधारका आयोजना निर्धारित समयमै सम्पन्न हुने कुराको प्रत्याभूति बजेटले गरेको छ । यसबाट लक्षित आर्थिक वृद्धि हासिल हुनेमा पनि म आशावादी छु । बजेटमा परेका आयोजनाको प्राथमिकीकरण र छनौट अन्य वर्षभन्दा यसपटक कसरी फरक छ ?- सङ्घीय सरकारले प्रस्तुत गर्ने र सङ्घीय संसद्ले पारित गर्ने योजना तथा कार्यक्रम ल्याइनुपर्छ भन्ने कुरा हरदम हेक्का राखेर काम गर्यौँ । सङ्घीय महत्वका दायित्वलाई केन्द्रमा राखेर बजेट निर्माण भयो । त्यसले गर्दा कतिपय प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम सङ्घीय सरकारको बजेटको दायराभित्र पर्दैनन् भन्ने कुरामा पनि हामी सचेत थियौँ । बजेटमा रु तीन करोडभन्दा कम लागतका सङ्घीय आयोजना नराख्ने भनिएको छ । सङ्घ सरकारले मात्र होइन प्रदेश र स्थानीय तहले पनि सन्तुलित बजेट ल्याउनुपर्छ भनेर हामीले यो बजेटमा केही व्यवस्था राखेर स्पष्ट सन्देश दिएका छौँ ।चालु आर्थिक वर्षभित्रै ठेक्का लगाउन सकिने आयोजनालाई हामीले तत्काल अघि बढाउने भनेका छौँ । बजेट निर्माण गर्ने अनि कार्यान्वयनको तयारी सुस्त भएर हुँदैन । बजेट कार्यान्वयनका निम्ति आजैदेखि लाग्नुपर्छ भन्ने मेरो आफ्नो बुझाइ हो । हामीले काम पनि त्यसरी नै गरिरहेका छौँ । हामी सुधारतर्फ फर्किएका छौँ । कतिपय काम बाँकी होलान्, तिनलाई आगामी वर्षमा हामी गर्दै जानेछौँ ।
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
चितवन, जेठ १७ गते । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ । यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उहाँले भन्नुभयो, “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।” पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताउनुभयो । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उहाँ बताउनुहुन्छ । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् । पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उहाँ बताउनुहुन्छ । अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताउनुभयो ।
आजको मौसम स् यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, जेठ १७ गते । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।
‘नेपाली प्रेस स्वतन्त्रताको अभ्यास दक्षिण एसियामै अनुकरणीय’
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले नेपाली पत्रकारिताको इतिहास सङ्घर्षपूर्ण भए पनि वर्तमानमा पूर्वस्वतन्त्रता स्थापित भएको प्रस्ट पार्नुभएको छ ।