• १९ जेठ २०८२, सोमबार

पूर्वमन्त्री आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख

blog

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम । फाइल तस्बिर

काठमाडौँ, जेठ १८ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत पूर्वमन्त्री आलमको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।

अस्पतालका अनुसार पूर्वमन्त्री आलम जेठ १६ गते बोली अस्पष्ट र शरिरको एक भाग कमजोर भएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । जाँज गर्दा मस्तिष्क घात भएकाले तुरून्तै औषधीको माध्यमबाट उपचार गरी सघन उपचार कक्ष(आईसियु)मा भर्ना गरिएको थियो ।

सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार चाहिने अस्पताल प्रशासनको भनाइ छ ।