गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियो : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ ।
‘समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षा आवश्यक’
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
गङ्गालालमा १५ वर्षमुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे छ ।
तीन सय रोपनीमा लिफ्ट सिँचाइ
बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ ।
आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।
प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।
प्रतिपक्षी दलले आज संसदमा विरोध गर्ने
प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्ने निर्णय गरेको छ ।
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।
दुर्घटनामा वडाध्यक्षसहित पाँच जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते हुनुभएको छ ।
वसन्तपुर स्क्वायरमा क्युरियाे पसल सञ्चालन गर्दै व्यापारी
राजधानीको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि क्युरियाे पसल सञ्चालन गर्दै, व्यापारी । दरबार स्क्वायर घुम्न आउने बाह्य पर्यटकहरुले नेपालको चिनोका लागि यस्ता क्युरिवका वस्तुहरु किनेर लग्ने गर्दछन् ।
बन्देउ–तातोपानी सडक स्तरोन्नतीका लागि तीन अर्ब सुनिश्चित
अरनिको राजमार्ग बन्देउदेखि तातोपानीको लिपिङसम्मको सडकखण्ड स्तरोन्नतीका लागि तीन अर्ब सुनिश्चित भएको छ । बाढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपतबाट थिलथिलो र उक्त सडकखण्डको मर्मत सुधारलगायतका स्तरोन्नतीका लागि सरकारले बजेट पठाएको हो ।
झोलुङ्गे पुल निर्माणभएपछि विद्यालय आवतजावत सहज
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारको सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमात खोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि काला भैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् ।
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
‘अञ्जिला हरेक खेलाडीको कथा हो’
अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ ।
दुई हत्याका घटनामा तीन पक्राउ
मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हिमाल आरोहण अनुमति सुरु
यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।
ओहोदाको प्रमाणपत्र पस्तुत
श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
लालपुर्जा उपलब्ध गराउने तयारी
जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ का भूमिहीन स्थानीयलाई लालपुर्जा उपलब्ध गराउन नापी कार्यालयका कर्मचारीले काम तीव्र बनाएका छन् । लालपुर्जाविहीन स्थानीय नागरिकलाई लालपुर्जा उपलब्ध गराउन नापीका दुई टोली कार्यक्षेत्रमा गई काम सुरु गरेसँगै नागरिकमा लालपुर्जा पाउने आशा बढेको हो ।
मनाइयो पापमोचनी एकादशी व्रत
जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ मङ्गलबार पापमोचनी एकादशी व्रत मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत भगवान् विष्णुको पूजा, आराधना गरी मनाइएको हो ।
देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
अब निजी लगानीमा पनि औद्योगिक ग्राम
निजी क्षेत्रको लगानीमा पनि औद्योगिक ग्राम स्थापना गर्न सकिने व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०८१ कार्यान्वयनमा ल्याई सो व्यवस्था गरेको हो ।