सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।
बजारमा छ्यापछ्याप्ती प्रतिबन्धित प्लाष्टिकका माला (फोटो फिचर)
तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ ।
शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै उद्यान
वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत रहेका वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामन शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै गएको छ ।
काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै
काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।
पोखरीका स्थानीयलाई खानेपानी सास्ती
फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ ।
अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ ।
खरिपाटी बस दुर्घटना : १० घाइते, दुईकाे अवस्था गम्भीर
चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना
काभ्रेपलान्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठुलो क्षति पुर्याएको ।
विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ ।
डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १२ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार तीन दिनमा एक हजार ५९ जना डेंगुका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ ।
सिन्धुलीमा एक सय ८२ जनामा डेंगु सङ्क्रमण
सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेका हो ।
ग्वाङ्जाओ र ल्हासाको समस्या समाधान गर्न आग्रह
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले चीनको ग्वाङजाओ प्रान्त र ल्हासा प्रान्तका महावाणिज्यदूतहरुलाई नेपाली व्यापारी व्यवसायीले चीनमा भोग्नुपरेको समस्या समाधानमा लाग्न आग्रह गरेको छ ।
टिआरसीको अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्न निर्देशन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१’ को मस्यौदा कात्तिक १४ गतेभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो ।
ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु
बागमती मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
संरक्षणको पर्खाइमा डुकुरसिं महादेव
रामेछापको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने डुकुरसिं महादेव संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थानको संरक्षण तथा आवश्यक प्रचारप्रसारमा स्थानीय सरकारलगायत सरोकारवाला निकायको ध्यान नजाँदा जीर्ण बन्दै गएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थान जङ्गलभित्र छ ।
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु र्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
स्तम्भका लागि सालको काठ
सिन्धुली नौ नम्बर वाहिनी अड्डाको प्राङ्गणबाट नौ÷नौ इन्चको चौडाइ र ३२ फिट उचाइको चुलिका सिं (चूडामणि स्तम्भ) का लागि सालको काठ भीमेश्वरमा ल्याइएको छ । गत वैशाख महिनामा काटेर तयार पारिएको सो जगेडा सालको काठ भीमेश्वर नगरपालिका–२ स्थित एक शिला अनेक रूप भीमेश्वरमा ल्याएर थन्क्याइएको वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन
नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् ।
संसदीय समितिको बैठकमा धारण राख्नुहुँदै प्रमुख आयुक्त राई
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा धारणा राख्दै ।
तिहार (यमपञ्चक) सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ ।