काठमाडौँ, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबिच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिएको अवगत गराउनुुभयो । उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरुको साझा हितका विषयमा सहकार्य गर्न जोड दिनुुभयो ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो । सन् १९५३ मे २९ मा विश्वको सर्वाेच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुुई देशबिचको सम्बन्ध नजिक भएको छ ।