• १६ जेठ २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगन

blog

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपस्थितहरु । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ १४ गते । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहीबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ ।

बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ बजे सुरू भएको थियो ।  ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो । रासस