राममणि दाहाल
मकवानपुर, जेठ १४ गते । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नागरिकलाई उत्पादनसँग जोड्ने गरी आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन सुझाएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको हेटौँडामा बसेको संयुक्त बैठकले यस्तो सुझाइएको हो ।
बैठकले प्रदेश भूगोल र नागरिकको आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान स्थापित हुनेगरी प्रदेश सरकारको आगामी बजेट आउनुपर्ने निर्णय गरेको छ ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले अधिक सङ्ख्यामा टुक्रे योजनाको माग भएको भन्दै उत्पादनसँग जोडिने र कार्यान्वयनयोग्य योजना निर्माणलाई प्राथमिकतामा राखेर आगामी आवको बजेट ल्याइने बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले प्रदेशका पछाडि परेका भुगोल र सिमान्तकृत, दलित, अल्पसङ्ख्यक, अपाङ्गलगायतलाई निःशुल्क शिक्षा, किसान, महिला र युवा रोजगारलाई समेटेर आगामी आवको कार्यक्रम र बजेट ल्याउन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको संयुक्त बैठकमा बागमती प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री बहादुरसिं लामासहित मन्त्रीहरु, कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ जिल्लाका जिल्ला सभापतिलगायतका उपस्थिति रहेको थियोे ।