काठमाडौँ, जेठ १४ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केही दशकदेखि नेपालमा बाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढिरहेको बताउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका जातिहरु मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको बताउनुभयो ।
उहाँले देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको जानकारी दिनुभयो । यसले कृषिक्षेत्र, वन, जङ्गल, जल र वायुमा समेत असर गरिरहेको भन्दै सै रुपमा फैलिँदै जाने हो भने ठुलो खाद्य र वातावरणीय क्षति पुर्याउने सम्भावनालाई नकार्न नसकिने उहाँको भनाइ छ । हालसम्म नेपालमा २९ वटा बाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिएको छ ।
‘‘केही दशकदेखि नेपालमा बाह्य मिचाह प्रजातिको प्रकोप अत्याधिक बढिरहेको छ । नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका जातिहरु मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको छ । देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको छ ।,’’ मन्त्री ठकुरीले भन्नुभयो, ‘‘यसले कृषिक्षेत्र, वन, जङ्गल, जल र वायुमा समेत असर गरिरहेको छ । यसै रुपमा फैलिँदै जाने हो भने ठुलो खाद्य र वातावरणीय क्षति पु¥याउने सम्भावनालाई नकार्न सकिँदैन । नेपालमा बाह्य मिचाह प्रजातिहरुलाई स्थानीय रुपमा वनमारा, वनमासा, वन लहडा तथा अन्य विभिन्न नामहरुबाट चिनिने गरेको छ । अध्ययनबाट हालसम्म नेपालमा २९ वटा बाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिन्छ ।’’ मन्त्री ठकुरीले बाह्य मिचाह प्रजातिका वनस्पतिहरुको फैलावट द्रुत गतिले बढ्दै गइरहेको बताउनुभयो ।