नागरिकको अनुहारमा खुसी नपुगेसम्म गणतन्त्रको उद्देश्य पूरा हुँदैनः मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नागरिकको अनुहारमा खुसी नपुगेसम्म लोकतान्त्रिक गणतन्त्रले लिएका उद्देश्यहरु पूरा नहुने बताउनुभएको छ ।
गणतन्त्र जनताको व्यवस्था हो : प्रधानमन्त्री ओली
। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको शासन प्रणाली भएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा राणा हङकङमा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज हङकङ पुग्नुभएको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि
‘सगरमाथा विश्वको गौरव हो’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताउनुभएको छ ।
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भएको छ ।
गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै नेकपा एमाले
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ ।
‘लोकतन्त्रप्रति अटुट विश्वास’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रप्रति प्रदेश सरकारको अटुट विश्वास रहेको बताउनुभएको छ । ‘सञ्चारमैत्री बजेट र कानुन निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक अन्तव्रिर्mया तथा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको दुईदिने प्रादेशिक भेलालाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताउनुभयो ।
सगरमाथा आरोहणको ७२ औं वर्षगाँठमा र्याली प्रदर्शन (फोटो फिचर)
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७२ वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। सोही स्मरणमा आज यहाँ र्याली प्रदर्शन गरिएको छ ।
‘गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
गणतन्त्र महत्वपूर्ण उपलब्धि : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र अथक प्रयासको देन गणतन्त्र भएको स्पष्ट पार्नुभएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
‘गणतन्त्र आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भयो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भएकाले यो शासन व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
त्रिपुरासुन्दरीमा सेवा केन्द्र सञ्चालन
धादिङको त्रिपुरासुन्दरी गाउँपलिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
मकै आयातसमेत बढ्दो
कृषिप्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो ।
सुशासन र पारदर्शिताका लागि योजना बैङ्क स्थापना गरिने
बागमती प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउन योजना बैङ्क स्थापना गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा समृद्ध प्रदेश निर्माण गर्न सरकार दृढ सङ्कल्प गर्दै प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड दिने भएको छ ।
आयोजना बैङ्कमा एक हजार ३२७ आयोजना
राष्ट्रिय योजना आयोगले एक हजार ३२७ वटा आयोजनालाई आयोजना बैङ्कमा प्रविष्ट गरेको छ । आयोजना बैङ्कमा नरहेका आयोजनालाई बजेट विनियोजन नगर्ने व्यवस्थाबमोजिम आयोगले अन्तिम समयमा सो आयोजनालाई बैङ्कमा राखेको हो ।
आवेदन दिएको दिनमै श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् ।
संशोधित नियमावली कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले न्याय परिषद्को संशोधित नियमावली तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।