काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ ।
एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन लागेको हो ।
उक्त पार्टीले आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी हुने छ ।
यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । भृकुटीमण्डमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुनुहुने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । रासस