• १७ जेठ २०८२, शनिबार

मेयर कप फुटबलमा वडा नं. ७ च्याम्पियन

blog

फाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

राममणि दाहाल

मकवानपुर, जेठ १५ गते । पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिका वडा नं. ७ ले जितेको छ । 

हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार भएको प्रतियोगिताको फाइनल खेलमा हेटौँडा वडा नं. ७ ले हेटौँडा वडा नं. ३ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधिसँगै हेटौँडा–७ ले नगद दुई लाख ५० हजार रुपियाँ प्राप्त गरेको छ । उपविजेता हेटौँडा–३ ले दुई लाख रुपियाँ प्राप्त गरेको छ । 

फाइनल खेलमा म्यान अफ दी म्याच हेटौँडा–७ का कुशल अधिकारी घोषित हुनुभभएको थियो । प्रतियोेगितामा हेटौँडा उपमहानगरपालिका १९ वटै वडाको टिमको सहभागिता रहेको थियो ।