• १७ जेठ २०८२, शनिबार

नेपालमै पहिलो पटक ‘एकेडमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुवात

blog

नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनलगायत बिहीबार काठमाडौँमा आयोजित एक समारोह सहभागी हुनुहुँदै ।

काठमाडौँ, जेठ १५ गते । नेपाली महिलालाई उद्यमशिलतामा अग्रसर गराउन महिला उद्यमीका लागि नेपालमै पहिलो पटक एकेडमी फर वुमन इन्टरप्रिनर्स कार्यक्रमको सुरुवात भएको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले बिहीबार काठमाडौँमा एक समारोहकाबिच एकेडमी अफ वुमन इन्टरप्रिनर्स कार्यक्रम सुरुवात गर्नु भएको हो ।

राजदूत थम्पसनले अमेरिकी सरकारद्वारा समर्थित यस कार्यक्रमले संयुक्त राज्य अमेरिका र नेपालबिचको आपसी सम्बन्धसँगै व्यावसायिक सम्बन्धलाई बलियो बनाउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले यस अवसरलाई महिला उद्यमका लागि एउटा असशक्त अभियान भएको उल्लेख गर्दै नेपाली  महिलाहरूलाई आफ्नो उद्यम तथा व्यवसाय स्थापित गर्दै अगाडि बढाउँदै स्थानीय आर्थिक वृद्धिमा टेवा पुर्याउन मद्दत पुर्याउने औँल्याउनुभयो ।

उहाँका अनुसार कुनै पनि देशमा महिलाहरू सशक्त हुँदा अर्थतन्त्र अगाडि बढ्ने मात्र हैन समुदायको जीवनस्तर फस्टाउँन सघाउँछ । 

कार्यक्रमअन्तर्गत नेपालका प्रमुख व्यवसायिक नेतृत्व र अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरूको नेतृत्वमा बिहीबारदेखि नै उद्यमशिल महिलाहरुका लागि तीन दिने आवासीय बुटक्याम्प सुरु भएको छ । जसमार्फत ३० महिला उद्यमीहरूलाई उनीहरूको उद्यमलाई थप बलियो बनाउर्न विश्वस्तरीय प्रशिक्षण, परामर्श र आवश्यक अन्य स्रोतहरू प्राप्त गर्ने अवसर पाउने नेपाल स्थित अमेरिकी दूतवासले जनाएको छ । विश्वव्यापी रूपमा मान्यता प्राप्त “नजाफी १०० मिलियन लर्नर्स” कोर्सद्वारा सञ्चालित यस कार्यक्रममा सहभागीहरूलाई उनीहरूको समुदायमा नवप्रवर्तन र रोजगारी सिर्जनालाई बढावा दिन व्यावहारिक उपकरणहरू प्रदान गरिनेछ ।

यो तीन दिनको बन्द बुटक्याम्पपछि छ महिने व्यवस्थापकीय क्षमता अभिवृद्धिको प्रक्रिया सुरु हुनेछ । भविष्यमा स्थापित उद्यमी महिलाहरुले नेपाल अमेरिका व्यवसायलाई प्रवर्धन गर्दै साझेदारीयुक्त सम्बन्ध सुदृढिकरण गर्ने अपेक्षा गरिएको छ ।