डेढ लाख बालबालिकालाई खोप लगाइने
कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
काम नगरेपछि अग्रिम भुक्तानी जफत
रुकुमपश्चिममा निर्माणको जिम्मा लिएर काम नगर्ने एक निर्माण कम्पनीको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले सपना शैलुङ जेभी काठमाडौँको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरेको हो । जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको उक्त कम्पनीले नौ वर्षसम्म काम नगरेपछि अग्रिम भुक्तानी ग्यारेन्टी सरकारी राजस्वमा जम्मा गरिएको हो ।
गरिखाने शिक्षा आजको पहिलो आवश्यकता : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
सुनथराली विमानस्थलको औपचारिक उद्घाटन हुने
कालीकोटको नररहीनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक–पटक औपाचारिक उद्घाटनका लागि मिति तय भए पनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते मङ्गलबार हुने भएको हो ।
सिमकोटमा १५ घण्टा लोडसेडिङ
पावर हाउसका लागि आवश्यक पर्ने पानीको श्रोत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो ।
हिमपातले अवरुद्ध हवाइ सेवा सञ्चालन
हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लिएपछि १२ बजे उडान भएको हो।
कार्य सम्पादनमा सिमकोट गाउँपालिका कर्णाली प्रदेशमै पहिलो
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये हुम्ला जिल्लाको सिमकोट गाउँपालिका सबै भन्दा उत्कृष्ट ठहरिएको छ ।
कोरिडोरको प्रवेश द्वार मर्मत
कर्णाली कोरिडोरको प्रवेशद्वार खुलालु पुलको ओरालो सडक मर्मत गरिएको छ । खुलालुमा कर्णाली नदीमाथि बनेको पक्की पुलको दायाँ पट्टीको सडकको मर्मतको काम सम्पन्न भएको हो । पुलमा प्रवेश गर्ने ओरालो सडक जोखिम भएका कारणले यस अघि आउजाउ गर्न निकै समस्या थियो ।
नुन लिन नागरिकता अनिवार्य
कालीकोटमा नुन आपूर्ति सहज नभएपछि जिल्लामा नुन अभाव हुन थालेको छ । नुन लिन नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने बाध्यता सर्वसाधारणलाई छ । त्यति हुँदा पनि एक सय रुपियाँको ११ केजी नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ केजी नुन प्राप्त गर्छन् । केही महिना प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट प्राप्त गर्ने गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर
जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कर्णालीका २८ सय बढीको आँखा परीक्षण
जिल्लाको पूर्वी क्षेत्रमा आँखाका बिरामीहरूमा मोतिया बिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बिरामीहरुले मोतिया बिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले जानकारी दिनुभयो ।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।
हुम्लाको खाद्य गोदाममा ६ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लिमिटेडको हुम्ला शाखाको गोदाममा छ हजारभन्दा बढी खाद्यान्न मौज्दात रहेको पाइएको छ ।
सामाजिक सुरक्षा भत्ताले कुचिकारलाई सम्मान
दैलेखको सदरमुकाम समेत रहेको नारायण नगरपालिकास्थित देवकोटा चोकमा नगरको सरसफाई र स्वच्छताका लागि काम गर्दै आएका कुचिकारलाई सम्मान गरिएको हो ।
फिल्ड निर्माण योजनामा अनियमितता : प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हुम्ला चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै
जुम्लामा ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुवेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।
बेलायतका विकासमन्त्री दैलेखको दुर्गम गाउँ नौमूलेमा
काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो ।
डिजाइन बदलेपछि पुल निर्माण
मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले दिएको जानकारी अनुसार सानीभेरी नदीमाथिको उक्त पुलको डिजाइन परिवर्तन गरेपछि अहिले काम तीव्र रूपमा भइरहेको छ । तीन वर्षमै निर्माण सम्पन्न हुने गरी २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल सात वर्षसम्म पूरा हुन सकेको छैन ।
जिप दुर्घटना हुँदा पाँच घाइते
सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ टाट्केमा अनियन्त्रित भई जिप दुर्घटना भएको हो ।
कुरल गाउँमा पुरुषको शव फेला
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –७ कुरल गाउँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका –१२ निवासी अबिर ओलीका छोरा अन्दाजी ५० वर्षीय प्रेमबहादुर ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन
दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ ।
हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध
बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेको कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।
कालीकोटमा नुनको अभाव
कालीकोटमा नुनको अभाव बढेको छ ।
स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पोे’
कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ । महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।