हराउँदै हिमालको सौन्दर्य
फागुन लागिसक्दा समेत चङ्खेली हिमाल यस पटक कालापत्थरजस्तै बनेको छ । हिमाली जिल्ला मुगुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्य हराउँदै गएको छ । विगतका वर्षमा मङ्सिर अन्तिम र पुस पहिलो साताबाटै हिउँ पर्न सुरु हुनेमा यस वर्ष फागुन लागिसक्दा पनि हिउँ परेको छैन । यसले गर्दा हिउँले टल्किने यहाँको चङ्खेली हिमाल यतिबेला कालो पहाडमा परिणत हुँदै गएको स्थानीय गोमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यति बेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । खेतबारीमा हिउँको सिँचाइले यहाँका कृषक कात्तिके बाली लगाउन खेतबारीमा हलो लगाउन व्यस्त हुन्थे । अहिले खेतबारी सुक्का हुँदा यहाँका कृषकलाई हलो लगाउन पनि असहज भएको छ ।” छायानाथ रारा नगरपालिका–१४ का स्थानीय हंसलाल बडुवालले हिमालमा हिउँ नभएका कारण चङ्खेली हिमाल र रारातालको मिलीचौरको सौन्दर्य हराउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला जस्तो हिउँ पर्नै छाड्यो, मङ्सिरमा परेको हिउँले चङ्खेली हिमालमा वैशाख जेठसम्म हिउँ हुन्थ्यो र हिँड्न पनि गाह्रो हुन्थ्यो । अहिले हिउँबिनाको हिमाल उजाड देखिन्छ ।”
खारेज गरिएका कार्यालय यथावत्
कर्णाली प्रदेश सरकारले यसअघि खारेज गरेका कार्यालय यथावत् रहने भएका छन् । सरकारले शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालयसहितका केही कार्यालय खारेज गरेको थियो तर खारेजीको निर्णय कार्यान्वयनमा कानुनी जटिलता देखिएपछि तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नहुने भएको छ ।
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा रहेका १७ हजार ४१७ जना नौ महिनादेखि पाँच वर्ष मुनिका बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी गराएको छ ।
भीरबाट लडेर युवकको मृत्यु
भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका २४ वर्षीय रतन लावडको भीरबाट लडेर मृत्यु भएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तरक्रिया
सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया सञ्चालन गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
लथालिङ्ग ठुला विकासे आयोजना प्रभावकारी बनाउन प्रतिबद्धता
जिल्लामा सञ्चालित लथालिङ्ग ठुला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु गरेको हो ।
सहरी सरसफाइ योजना कार्यान्वन गर्दै चन्दननाथ नगरपालिका
जुम्लाको चन्दननाथ नगरपालिकाले सहरी सरसफाइ योजना कार्यान्वन गर्न लागेको छ ।
हिमपात हुँदा किसानहरु खुसी
सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ । कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि किसानहरु खुसी भएका छन् । सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो । खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजंग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण
स्पष्ट नीति नहुँदा अलमलमा परेका छौँ
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकतासाथ योजना सञ्चालन गरिरहेको शिवालय गाउँपालिकाले वडा वडामा विद्युतीकरण, पक्की सडक र अस्पताल निर्माणको कार्यमा समेत ध्यान दिइरहेको छ । भूकम्पपीडितका समस्या सम्बोधन गर्नसमेत पालिकाले योजना बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित शेरबहादुर शाहीले आधुनिक खेती प्रविधि, चिया तथा कफी खेतीबाट आर्थिक समृद्धि खोज्ने कार्यमा जोड दिँदै आउनुभएको छ । अध्यक्ष शाहीले भन्नुभयो, “कृषि पेसाबाट जीविकोपार्जन गरिरहेका किसानलाई खाद्य बालीभन्दा नगदे बाली तथा फलफूल खेतीमा लाग्न प्रेरित गर्ने कार्यक्रममा प्राथ
जिल्लास्तरीय तेक्वान्दो सुरु
दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।
कर्णालीमा खाद्यान्नको चरम अभाव
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
डिजिटल अधिकारको संरक्षण आवश्यक
वीरेन्द्रनगरमा डिजिटल अधिकारको संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले डिजिटल अधिकारको संरक्षण गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।
पातारासीमा हिउँदेसभा, १२ वटा नीति पारित
जिल्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको जानकारी दिएको हो ।
दैनिक चौध घण्टा लोडसेडिङ
हिल्दुम विद्युत् वितरण केन्द्रले सदरमुकाम सिमकोटमा दैनिक १४ घण्टा लोडसेडिङ गरेको छ । विद्युत्का लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ अवधि बढाइएको जनाइएको छ । विद्युत् वितरण केन्द्रका प्रमुख शङ्करप्रसाद हमलाले पानीको स्रोत कमी भएका कारण विद्युत् उत्पादन कम भएपछि लोडसेडिङ तालिका बढाएर दैनिक १४ घण्टासम्म पुगेको बताउनुभयो । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १४ घण्टासम लोडसेडिङ गरेको छ । केही दिनअघिसम्म दैनिक चारबाट बढाएर आठ घण्टा लोडसेडिङ गरेको थियो ।
तीन वर्षमा तेह्र सय कर्मचारी सिफारिस
कर्णाली प्रदेश लोक सेवा आयोगले तीन वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी कर्मचारी छनोट गरी कार्यक्षेत्रमा पठाएको छ । चौथो तथा पाँचौँ तहका ३७८ जना र स्थानीय तहका ९६० गरी कुल एक हजार ३३८ जना उम्मेदवार छनोट गरिएको जनाइएको छ । प्रदेश लोक सेवा आयोग २०७७ साल फागुन ६ गते स्थापना भएको थियो । कर्णाली प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव लोकप्रसाद न्यौपानेले ५२ जना वनरक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोगको विश्वसनीयता, योग्यता र स्वच्छताको गरिमालाई कायमै राख्नुपर्नेमा जोड दिनुभयो ।
‘कुडा कर्णालीका’ मा भूकम्प बहस
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले ‘कुडा कर्णालीका’ मञ्चबाट भूकम्पपीडितले पाइरहेको सास्तीको वर्णन गर्नुभयो । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको ‘इपिसेन्टर’ शीर्षक सत्रमा सहभागी प्रमुख केसीले भूकम्प गएको चार महिनासम्म पनि कार्यविधि नै नहुँदा पुनर्निर्माणमा ढिलाइ हुन गएकोभन्दा लाज लाग्ने गरेको बताउनुभयो ।
प्रजातन्त्र दिवससको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो
प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षरोपण गरिएको छ ।
निर्धारित कोटाको ५७ प्रतिशत खाद्यान्न ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न दुई महिनाको अवधिमा ५७ प्रतिशतभन्दा बढी ढुवानी भएको पाइएको छ ।
मुख्यमन्त्री शर्मासँग कांग्रेस रुष्ट
कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । मुख्यमन्त्री राजकुमार शर्माको कार्यशैलीप्रति नेपाली कांग्रेस पार्टी रुष्ट देखिएको छ । सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको जनाउँदै सरकारमा सहभागी कांग्रेस पार्टीका नेताहरू आलोचनामा उत्रिएका छन् । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारसँगको असन्तुष्टि सामाजिक सञ्जालमै पोख्नुभएको छ । उहाँले प्रदेश सरकार मनपरी ढङ्गले अघि बढेको भन्दै फेसबुकमार्फत आलोचना गर्नुभएको छ ।
नाम्खा र हलेसीबिच मितेरी साइनो
हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो । कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहेको नाम्खा गाउँपालिका र प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।
जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि
जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयनमा जोड
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा
विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ । चिसोबाट बचाउनका लागि आर्थिक स्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
दुर्गमका बालबालिकालाई सहयोग
कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ ।