निर्वाचन क्षेत्र रणनैतिक सडकलाई बजेट अभाव
निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनाेट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो ।
हुम्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान
पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुबेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ ।
प्रदेश सभाको तेस्रो बैठक आह्वान
नवीन सुवेदीसुर्खेत, फागुन २० गते । कर्णाली प्रदेश सभाको दोस्रो अभिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिनुभएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१)० बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरिएको प्रवक्ता कृष्ण जिसीले बताउनुभयो । प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो । करिब छ महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो ।
सुर्खेतमा पहिलो महिला सम्मेलनको आयोजना
वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवारबाट वीरेन्द्रनगरमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो । आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।
भूकम्पग्रस्त क्षेत्रमा कुपोषणको जोखिम
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण प्रभावित जिल्लाका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । विशेष गरी अति प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिमका साथ सल्यान जिल्लाका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
कृषकलाई ‘सुनको हलो’ फुस्सा
२०७८ साल असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उहाँले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकारले नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ का कृषक श्याम पुरी ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको बताउनुहुन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन् निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँदा कार्यान्वयनमा चुनौती हुने गरेको उहाँको बुझाइ छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन नभई हतोत्साही बनाइरहेको उहाँले बताउनुभयो ।
जाजरकोट भूकम्प: रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु
मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर मृत्यु भएको छ । मुगुम कार्मारोङ-६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका-५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।
बेवारिसे मोटरसाइकलको हकदाबी गर्न ताकेता
जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट बरामद गरेको बेवारिसे मोटरसाइकलहरूको हकदाबी गर्न ताकेता गरेको छ ।
पुनर्निर्माणको पर्खाइमा जाजरकोटी दरबार
भूकम्पबाट क्षतिग्रस्त जाजरकोटी राजदरबार पुनर्निर्माणको कुनै पहल हुन सकेको छैन । सेतो दरबारका रूपमा परिचित सो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा १८५२ सालमा निर्माण गरिएको बताइन्छ । सेतो दरबारभन्दा अघि पश्चिमतर्फ रातो दरबार १८०० देखि १८११ सालमा निर्माण गरिएको भनाइ छ । सो दरबारबाट जाजरकोट राज्यको राजकाज सञ्चालन गरिन्थ्यो । १९९० साल माघ २ गतेको महाभूकम्पले समेत सो दरबार क्षतिग्रस्त भएको बताइन्छ । त्यसपछि पुनर्निर्माण गरिएको सो दरबार २०५१ सालमा मर्मत गरिएको थियो । कसैले सात तला कसैले पाँच तलाको भन्ने गरिए पनि सो पाँच तलाको भएको बुझिन्छ । भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गर्दा तीन तलाको बनाइएको पाइन्छ ।
तिलिङ्गे नाचको संरक्षणमा युवा
मृतआत्मालाई भगाउन हिमाली लामा समुदायले नाच्ने तिलिङ्गे नाचको संरक्षणमा स्थानीय युवा लागेका छन् । विशेषतः माने पर्वमा नाचिने यो नाचले एक वर्षमा गाउँमा मृत्यु भएकाको आत्मा भगाउने जनविश्वास छ । वसन्त ऋतुको आगमनसँगै तिलिङ्गे नाच सुरु हुन्छ । बुराउसे गाउँका स्थानीय पामा तन्जन लामाले यो नाचको महत्व भनेको मृतआत्माबाट जोगिनका लागि हो, भन्नुभयो । सो वर्ष मृत्यु भएकाहरू भूतप्रेत नहोस् र भए पनि कलाकारले मुकुन्डो लगाएको तिलिङ्गे नाच देखेर भाग्छ भन्ने सामाजिक मान्यता रहेको उहाँले बताउनुभयो । पहिले बुढापाकाले मात्र नाच्ने यो नाच अहिले पछिल्लो पुस्ताले सिकेर नाच्न थालेपछि यसको संरक्षण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कोपिला स्याहार केन्द्रमा अनियमिता भएको आरोप
कालीकोटको शुभकालिका गाउँपालिका –६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमित्ता भएको आरोप लागेको छ ।
फलफूलका बिरुवा वितरण
हुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रमले फलफूलका बिरुवा वितरण गरेको छ । तत्कालीन रोजगारीका साथै दिर्घकालीनरुपमा आम्दानीको श्रोत बनाउनका लागि कार्यक्रमले छनौट गरेका लक्षित वर्गकालाई स्याउ तथा ओखरका बिरुवा बितरण गरिएको हो ।
५४ प्रतिशतले छाडे तीलगाउँ
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमीको तीलगाउँका ५४ प्रतिशतभन्दा बढीले गाउँ छोडेर गएको पाइएको छ । गाउँमाभन्दा शहरमा व्यापार व्यवसाय गर्न सहज हुने भएपछि गाउँ छोड्ने क्रम बढेको हो ।
नगरले लगतकट्टाको काम नगर्दा कर्जा प्रवाहमा समस्या
कालीकोटको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको एक वर्ष पुग्दै छ । नगरपालिकामा बैंक स्थापना भएसँगै रास्कोटका नागरिकलाई सेवा पाउने आस थियो ।
दसौँ राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणमा शङ्का
१० औँ राष्ट्रिय खेलकुद आयोजना सुरु हुन आठ महिना मात्रै बाँकी रहे पनि प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाबाहेक अन्य जिल्लामा खेलकुद पूर्वाधार बन्न सकेको छैन । पूर्वाधार निर्माण नभएका कारण १० औँ राष्ट्रिय खेलकुदका सम्पूर्ण खेल सञ्चालनमा कठिनाइ हुने देखिन्छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ सम्म हुने जनाइएको छ । प्रतियोगितामा ३० भन्दा बढी खेल खेलाइने छन् ।
तामाखानी उत्खननको माग गर्दै मुगाली
मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकास्थित डोल्फु नाम्लाङ खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सङ्घीय सरकारसँग माग गरेका छन् । स्थानीय बासिन्दा टुन्डुल लामाका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाका–१, डोल्फुगाउँदेखि पाँच घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङ्जे, इटिङ, थोङ्वालगायत स्थानका पूरै पहाडमा तामाखानी भएको अनुमान छ ।
‘सुशासनका निम्ति वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुनुपर्छ’
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुशासनका निम्ति वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ती छानविन हुनुपर्ने बताउनुभएको छ ।
प्रभुले गर्यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा
रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।
हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै निवेदन
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले हिनामिना गरेको करोडौँ रकममध्ये केही रकम बैङ्कले फिर्ता गरेको छ ।
सडकमा जमेको हिउँ पन्छाउने काम सुरु
सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ ।
डिजिटल कर्णालीका लागि कनक्लेभ आयोजना
प्रदेश सरकारले डिजिटल प्रदेश निर्माण गर्ने भनेर प्रचार गरेपनि कर्णालीमा अझै इन्टरनेट र विद्युत नपुगेको भन्दै त्यसबेला सरकारको चर्को आलोचना भएको थियो । तर पछिल्लो समय कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त अभियानलाई कसरी सफल बनाउने र प्रदेशलाई डिजिटलाइजेसन गर्ने भन्ने बारेमा लाग्न थालेको छ ।
स्याउका बिरुवा अब जिल्ला बाहिरबाट नल्याइने
कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वितरण गर्ने भएका छन् ।
वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताउनुभयो । जथाभाबी रूपमा फोहोर फाल्दा हिँडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताइन्छ ।