• १२ साउन २०८१, शनिबार

सडकमा जमेको हिउँ पन्छाउने काम सुरु

blog

सिमकोट हिल्सा सडकको लाग्न खण्डको सडकमा जमेको हिउँ पन्छाइँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन १७ गते । सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ । 

उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा सिमकोट सडक आयोजनाले हिउँ पन्छाउने कार्य सुरु गरेको हो । आयोजनाका लेखा प्रमुख विजय रोकायाले बिहीबार जेसिभी लगाएर सिमकोट–हिल्सा सडक आयोजनाको लाग्न खण्डमा जमेको हिउँ पन्छाउने काम सुरु भएको बताउनुभयो । 

दश दिन यता सडकमा हिउँ जमेका कारण उक्त खण्डको सडक बन्द रहेको छ । उहाँले मेशिन र प्राविधिक हिउँ जमेको स्थान लाग्नमा पुगेर हिउँ फाल्ने काम सुरु भएको बताउँदै सम्भव भएसम्म बिहीबार साँझसम्म वा नभए शुक्रबार दिउँसोसम्म सडक सफा गरिसक्ने र यातायातका साधन सुचारु हुने बताउनुभयो । 

यसबाट सिमकोट गाउँपालिका वडा–७ र ८ तथा नाम्खा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको छ । करिब दुई मिटर सडकमा हिउँ जमेको छ । सडकमा डेढ फिटसम्म हिउँ जमेको छ । सो पन्छाउन आयोजनाले भाडामा जेसिवी प्रयोग गरेको र घण्टाको हिसाबमा भुक्तानी गरिनेछ ।