• १३ साउन २०८१, आइतबार

फलफूलका बिरुवा वितरण

blog

मुख्यमन्त्री रोजगार कार्यक्रममा छनाेट भएका किसानलाई बिरुवा वितरण गरिंदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन १८ गते । हुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रमले फलफूला बिरुवा वितरण गरेको छ ।  तत्कालीन रोजगारीका साथै दीर्घकालीन  रुपमा आम्दानीको स्राेत बनाउनका लागि कार्यक्रमले छनाेट गरेका लक्षित वर्गलाई स्याउ तथा ओखरका बिरुवा वितरण गरिएको हो ।

ताँजाकोट गाउँपालिकाका मुख्यमन्त्री रोजगार कार्यक्रमका सबइन्जिनीयर ध्रुवबहादुर शाहीले रोजगार कार्यक्रमकाे प्रभावकारिता त्यति नदेखिएपछि गाउँपालिकाको समन्वयमा फरक खाले कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार फलफूलका बिरुवा वितरण गरेको बताउनुभयो । 

उहाँले गाउँपालिकाका पाँच वटै वडाबाट छनाेट भएका १४० जना सदस्यलाई एक हजार आठ सय स्याउ र ओखरका बिरुवा वितरण गरेको बताउनुभयो । छनाेट भएका सदस्यहरुले यसअघि बिरुवा लगाउने क्षेत्रमा घेरबार गर्ने कार्य र खाल्डो खन्ने काम सम्पन्न गरेपछि बिरुवा वितरण गरिएको छ । 

छनाेट भएका सदस्यहरुलाई घेरबार र खाल्डो खनेको ज्याला दिइएको छ । यसका लागि बीस लाख बजेटको व्यवस्था गरिएको थियो । ती बिरुवा गाउँपालिकाकै किसानले नर्सरीमा उत्पादन गरेको बिरुवा खरिद गरेर वितरण गरिएको छ ।