विवाहको निमन्त्रणा कार्डमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-३ ले विवाहमा दिइने निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य रुपमा लेख्नुपर्ने नियम बनाएको छ।
१०९ विद्यालयमा आजबाट पठनपाठन सुरु हुँदै
जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हिउँदे बिदापछि विद्यालयहरूमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नु परेको हो ।
सबै पालिकामा हुलाक पुर्याइने
हुलाक सेवा विभागले एक स्थानीय तह, एक हुलाक कार्यालय स्थापनाका लागि प्रदेशस्तरमा सुझाव सङ्कलन गरिरहेको छ । हुलाक सेवा विभागले मङ्गलबार सुर्खेतमा हुलाक सेवाको पुनर्संरचना तथा एक स्थानीय तह, एक हुलाक कार्यालयको अवधारणा तयारीसम्बन्धी कार्यक्रम गरेको छ । स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरी हुलाक सेर्वा स्तरीकरण गरेर जनताको घरदैलोसम्म पुर्याउने लक्ष्य विभागको छ । विभागका निर्देशक धु्रवराज आचार्यले हुलाक सेवा पुनस्र्थापनाको काम अघि बढेकाले त्यसको तयारीका लागि सुझाव सङ्कलन गरिएको बताउनुभयो ।
सुर्खेत गोलीकाण्डमा भारतीय सुटर
वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा शनिबार राति भएको गोलीकाण्डका अभियुक्त चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार राति विनोद गिरीमाथि गोली प्रहार भएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा भारतीय सुटर र अन्य तीन गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो ।
बालबालिकासँग नगरप्रमुख कार्यक्रम
नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो ।
आपसी सद्भाव कायम गरेर अघि वढौ: मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभर्यो अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता हो । जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको हो ।
सङ्घीयता कार्यान्वयनका लागि कानुन विरोधीहरुले प्रश्न गर्ने मौका पाए: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताउनुभएको छ । संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा सङ्घीयतामाथि प्रश्न गर्नेले मौका पाइरहेको बताउँदै उहाँले अब चाँडै आवश्यक कानुन बनाएर सङ्घीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा
कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।
मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने टमटा प्रहरी नियन्त्रणमा
अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–६ को पाल्स गाउँका ३४ वर्षका दिपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स
बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिदा इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र एम्बुलेन्स थन्किएको हो समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।
गिडिदहलाई प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्य छ
पर्यटकीय सम्भावनायुक्त तातोपानी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा विशेष जोड दिँदै आएको छ । पालिकाका प्रायः सबै वडामा कच्ची सडकको पहुँच पुगेको छ । वडा नम्बर ७ र ८ का केही बस्तीमा भने सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । पालिकाले स्वास्थ्य चौकी भवनको निर्माण, योजनाको दिगो व्यवस्थापनका लागि योजना बिमा, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धन तथा रैथाने बालीको उत्पादकत्व वृद्धिका क्षेत्रमा कामलाई केन्द्रित गरेको छ । प्र
प्रतिबद्धताअनुसार कर्णालीमा विकासको काम भइरहेको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदैगएको बताउनुभएको छ ।
भूकम्पमापन गर्ने ‘जिपिएस स्टेसन’ सञ्चालनमा
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेसन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेसन सोमबारबाट पुनः सुचारु भएको हो ।
दशकपछि जुम्ला–सुर्खेत उडान
नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगन्जदेखि ७ : ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो ।
अस्पतालको भवन निर्माणमा बजेट अभाव
दैलेखको आठबिस नगरपालिकाको राकमकर्णालीमा निर्माणाधीन अस्पताल भवन निर्माणमा बजेट अभाव भएको छ । नगरपालिकाको वडा ४ मा रहेको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो ।
प्राथमिकतामा पर्यटन पूर्वाधार
सरकारले पर्यटन प्रवर्धनका पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको से फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । से फोक्सुन्डो गाउँपालिका ७ र ८ को बस्तीलाई एकीकृत गरी बस्ती विकास गर्न लागिएको जनाइएको छ । चालु आर्थिक वर्षबाट उक्त काम थालिएको हो । पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
घोडा धपाउँदै उक्लिए मुगाली भोटे
जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए । उत्तरी छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिकाका पाँच वटा बस्ती मुगुगाउँ, डोल्फुगाउँ, चितैगाउँ, किम्रीगाउँ र कार्तिगाउँका समुदाय कात्तिक महिनादेखि चिसो बढ्न थालेपछि बेँसी झर्ने गर्छन् । स्थानीय तोर्चे लामाका अनुसार चिसो छल्न बेँसी झरेकाहरू अब गाउँ फर्कन लागेका छन् । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने घोडा र भेडाबाख्रा पाल्दै आएका भोटे समुदाय हिउँदका केही महिना हिमाली क्षेत्रमा हिउँ जम्ने र घोडा, भेडाबाख्रालाई खुवाउन
बालिकाको जलेर मृत्यु
जाजरकोटमा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी नतसा जैशीको भान्सा कोठामा सुतेको अवस्थामा एक्कासि चुल्होमा परेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता
रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बंैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो ।
सुनथराली विमानस्थलमा परीक्षण उडान
कालीकोट जिल्लाको नररहीनाथ गाउँपालिका १ कोटवाडामा निमार्ण भएको सुनथराली विमानस्थलमा परीक्षण उडान भएको छ ।
सिमकोट हिल्सा सडक बन्द
सिमकोट हिल्सा सडकको नारा खण्डमा सडक बन्द भएको छ । सो खण्डको सडकमा बाक्लो हिउँ जमेपछि यातायात सेवा बन्द भएको हो ।
जाजरकोटको रोकाय गाउँ
जाजरकोटको बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ ।
महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा चुनौती
कर्णाली प्रदेश सरकारले अघि सारेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । पछिल्ला दुई आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । २०७६ साल साउन १ यता जन्मिएका छोरीको बैङ्क खाता खोल्ने गरी कार्यक्रम लागु गरिएको थियो । सुरुवाती तीन आवमा कार्यान्वयन भएको यो कार्यक्रम प्रत्येक आवको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरे पनि कार्यान्वयन भने नभएको बताइन्छ ।