कालिकोटमा युवा लक्षित रोजगार कार्यक्रम खारेज
कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको थियो । लामो समयपछि २०७४ मा निर्वाचित स्थानीय सरकारले नागरिकले आहा गर्ने खालका कार्यक्रम सार्वजनिक गरेका थिए । केहीले कार्यविधि बनाउँदै समय गएको भनेर आफैले तयार गरेका कार्यक्रम लागु गर्न सकेनन् भने रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले भने युवालाई विदेशीनबाट रोक्न युवा लक्षित कार्यक्रम लागु गर्यो ।
दोजाममा ल्याइयो चौँरी
उच्च हिमाली क्षेत्रमा पालन हुने चौँरीगाई सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ल्याइएका छन् । हिमपात कम भए पनि यस वर्ष चिसो निकै बढेका कारण ती चौँरीगाईलाई पालनकै लागि उक्त गाउँमा ल्याइएको हो । दोजाम गाउँका स्थानीय स्याम्जोर लामाले हिउँदमा चार हजार पाँच मिटर उचाइमा रहने चौँरीगाई यतिबेला दुई हजार चार सय मिटरको उचाइमा झारिएको बताउनुभयो ।
हिल्सा सिमकोट सडकको लम्बाइ छोटियो
उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको पाइएको छ । सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो ।
सुविधाविरुद्धको उजुरीमा कारण देखाऊ आदेश
उच्च अदालत सुर्खेतमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिइएको यातायात सुविधा सम्बन्धमा भएको सरकारी निर्णयविरुद्ध परेको उजुरीउपर कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता खगेन्द्रबहादुर खनालले फागुन १ गते दायर गरेको रिटउपर फागुन २ गते बुधबार कारण देखाऊ आदेश जारी भएको हो । न्यायाधीश सागर विष्टको एकल इजलासले दिएको आदेशमा निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कारण देखाउन भनिएको छ । “निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने
संगीतका साधकलाई नागरिक अभिनन्दन
“अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।
भूकम्प पीडितलाई आर्थिक सहयोग
सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो ।
डिजाइन परिवर्तनपछि अगाडि बढ्यो पुल निर्माण
कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा दोजाम कर्णालीमा निर्माणधिन पुलको निर्माण कार्य अगाडि बढेको छ ।
डिपिआर बनेको बित्यो दुई वर्ष : प्रादेशिक औद्योगिक क्षेत्र अलपत्र
कर्णाली प्रदेशमा बजेट अभावले प्रादेशिक औद्योगिक क्षेत्र स्थापना कार्य अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/७८ बाट प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने गरी काम अघि बढाइएको थियोे । कर्णाली प्रदेश सरकारले भेरीगङ्गा नगरपालिका–८, मैनतडामा प्रादेशिक औद्योगिक क्षेत्र प्रस्ताव गरेको थियो । भेरीगङ्गा नगरपालिकाले प्रदेश सरकारलाई ९९ रोपनी जग्गासमेत उपलब्ध गराएको छ । प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिएको छ । प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको हो । साढे दुई वर्षअघि डिपिआर निर्माण गरिएको भए पनि कुनै पनि ठोस काम अघि बढ्न सकेको छैन । निर्देशनालयले २०७८ जेठ १८ गते डिपिआर निर्माण गरेको हो ।
नेपाल एयरलाइन्सको सुर्खेत–हुम्ला परीक्षण उडान
लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताउनुभयो ।
भासिए बस्ती, जङ्गलमै बास
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै
भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ ।
खारेज गरिएका कार्यालय धाउँदै सेवाग्राही, अलमलमा सेवा प्रदायक
सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ ।
करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।
सिमकोट–सुर्खेत परीक्षण उडान बिहीबारबाट
लामो प्रयासपछि सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले बिहीबार कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलमा हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो ।
भुक्तानी नपाउँदा रोकियो पुलको काम
भेरीगङ्गा नगरपालिका–२ स्थित छिन्चु खोलामा निर्माणाधीन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार छिन्चु खोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ साल फागुन १५ गते १७ करोड ७२ लाख रुपियाँमा अञ्जना वाइएसएस जेभी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
दुनाटपरी गाँस्न सिकाइँदै
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ को यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थी यतिबेला परम्परागत दुनाटपरी बनाउने सिप सिक्न व्यस्त छन् । विद्यालयले पराम्परागत सिपलाई पुस्तान्तरण गर्न र संस्कारका रूपमा विकास गर्न दुनाटपरी बनाउन सिकाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले व्यावहारिक रूपमा सिप सिकाउनका लागि दुनाटपरी बनाउने सिप सिकाउन थालिएको बताउनुभयो ।
राष्ट्रिय बेटी सम्मेलन, कर्णाली घोषणापत्र जारी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको छैटौँ राष्ट्रिय बेटी सम्मेलन ‘सत्र बुँदे कर्णाली घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ ।
अर्जुन र राज्यलक्ष्मीलाई गुरिल्ला म्याराथन उपाधि
रूकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ ।
विश्व रेडियो दिवसको अवसरमा देउडा प्रतियोगिता
जुम्लामा विश्व रेडियो दिवसको अवसरमा देउडासहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
केन्द्र विवादले सेवाग्राहीलाई सास्ती
सुर्खेतको पूर्वीउत्तर क्षेत्रको चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद नसुल्झँदा सेवाग्राहीले दुःख भोग्दै आएका छन् । दैलेख र जाजरकोटसँग सीमा जोडिएको चिङ्गाड गाउँपालिका दुर्गम क्षेत्रमा पर्छ । भौगोलिक विकटता र घरबस्ती टाढा टाढा हुँदा पालिकाको बजेटले सडक, बिजुली जस्ता विकासका पूर्वाधार निर्माण सम्भव छैन । त्यसमा पनि पालिकाको केन्द्र विवाद छ वर्षसम्म पनि टुङ्गिन सकेको छैन ।
केन्द्रीकृत मानसिकता मुख्य चुनौती
छायाक्षेत्रस्थित छत्रेश्वरी देवी प्रख्यात धार्मिक स्थल मानिन्छ । सल्यान जिल्लाका साबिक दमाचौर, कोर्बाङझिम्पे, लेखपोखरा र छायाक्षेत्र गाउँ विकास समितिको भूगोल छत्रेश्वरी गाउँपालिका नामकरण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षमा निर्वाचित ओजबहादुर बुढाथोकीले शैक्षिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै आउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अध्यक्षमा निर्वाचित बुढाथोकीसँग विकास निर्माण र आगामी योजनाका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष बुढाथोकीसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी–
सडक अलपत्र पार्नेको धरौटी जफत
पर्यटकीय स्थल काँक्रेविहार पुग्ने सडक वर्षौंदेखि अलपत्र पारेपछि निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले अमर–सिस्ने नेपाल–मेघा कम्पनीको अग्रिम भुक्तानी रकम जफत गरेको हो । वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीयले समेत सास्ती भोग्नु परेको छ । पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार पटक पटक ताकिता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि धरौटी रकम जफत गरिएको हो । कम्पनीको धरौटीबापतको ८७ लाख रकम जफत गरिएको जनाइएको छ । नियम अनुसार ८७ लाख रकम जफत गरी कम्पनीलाई अब कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।
सहयोगी संस्था गएदेखि पढ्न नपाएका सन्देश र रमेश
कालीकोटको तिलागुफा नगरपालिका-७ का छिता शाहीका दुवै छोरा जन्मजात अपाङ्ग छन् । राम्रोसँग बोल्न र हिँड्न पनि नसक्ने उहाँका दुई छोरा रमेश शाही र सन्देश शाहीले विद्यालय देख्ने त कुरै भएन ।
जाजरकोटका भूकम्पपीडितलाई न्यानो सहयोग (फोटो फिचर)
गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतित पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।