जाजरकोटमा १४ हजार बढीले अझै पाएनन् अस्थायी आवासको पहिलो किस्ता
जाजरकोटमा भूकम्प पीडितका लागि प्राप्त भएको अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
रुकुमपश्चिम ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
फुकोट कर्णाली जलविद्युत् निर्माणपूर्वका काम धमाधम
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका काम सञ्चालन भइरहेको छ । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजना निर्माणपूर्वका विभिन्न चरणका काम भइरहेका छन् । विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम भइरहेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजना प्रमुख डम्मर उप्रेतीका अनुसार मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रुपियाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी छ ।
किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक
यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागि परेका छन् ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण
भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो ।
कर्मचारीद्वारा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
घण्टाघर व्यवस्थित बनाइँदै
सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल घण्टाघरको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौं पहिले निर्माण गरेको पर्खाल जीर्ण भएको र ठाउँ ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्कामार्फत निर्माण थालेको हो । गत जेठबाट निर्माण थालिएको पर्खालको पहिलो चरणको काम सकिन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
खडेरीले सुक्न थाल्यो बाली
लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्षेत्रमा छरेको हिउँदे बाली सुकेर पहेँलो हुन थालेको छ । कतिपय ठाउँका किसानले आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउँदैनन् ।
प्रयोगमा आएन् नमूना बस्ती
कालीकोट जिल्लाको रास्कोट नगरपालिका-७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।
कार्यसम्पादनमा चौरजहारी जिल्लाकै उत्कृष्ट
रुकुमपश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । जिल्लाका ६ वटा स्थानीय तह मध्य चौरजहारी नगरपालिका उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चौरजहारी नगरपालिकाले सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ ।
काल्चे सडक अलपत्र
छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक निर्माण अलपत्र परेको हो । गुर्भाकोट नगरपालिका–१, ५ र ६ सहित भेरीगङ्गा नगरपालिकाको वडा नं. ६, ७, १० र १२ छुने गरी सडक निर्माणको काम थालिएको थियो । सडक निर्माण सुरु गरिएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको जिम्मा पाएको कन्काई/गणपति जेभीले काम नगर्दा सडक अलपत्र परेको हो ।
गाउँमा अभिभावक शिक्षा
हिमा गाउँपालिकाको कालिका माध्यमिक विद्यालय क्षेत्रका गाउँका टोल टोलमा अभिभावक शिक्षा सुरुवात गरिएको छ । जुम्लामा हिउँदे सिजनमा विद्यालय बन्द भइरहेको समयमा कालिका माध्यमिक विद्यालयमा बिदाको समयलाई सदुपयोग गरेर अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।
प्रदेश सरकारको विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम
कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । एक वर्षको प्रगति विवरण आज सार्वजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।
पातमा आकृति कोरेर चम्किँदै विराज
जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षीय युवा विराज भण्डारीमा पातमा चित्र र आकृति कोर्ने कला छ ।
जाजरकोटका २९ जना बालबालिका मामाघरमा
जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।
आवासको रकम वितरणमा ढिलासुस्ती
भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् ।
कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै
कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।
सञ्चार सेवाबाट टाढा पातारासीको गढीगाउँ
जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिनुभयो ।
कर्णालीमा सकियो मतदान
राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ ।
मुगुमा भाइरल ज्वरो : तीन जनाको मृत्यु
भाइरल ज्वरोले सोरु गाउँपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले राससलाई बताउनुभयो ।
विद्यालयबाहिर सैँतिस हजार बालबालिका
विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बालबालिकामध्ये सात प्रतिशतले विद्यालय टेक्न पाएका छैनन् । कर्णालीमा चार वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने बालबालिकाको सङ्ख्या पाँच लाख १९ हजार ५२० रहेको छ । त्यसमध्ये चार लाख ८२ हजार ५३७ जना मात्र विद्यालय भर्ना भएका छन् । ३६ हजार ९८३ जना अर्थात् ७.१ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् ।
छ वर्षदेखि पुल अलपत्र
गुर्भाकोट नगरपालिकाको गोचे खोलामा निर्माण गरिन लागेको पक्की पुल छ वर्षदेखि अलपत्र छ । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक म्याद थप गरेर निर्माण अधुरै राखेको छ । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको थियो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ साल भदौ २३ देखि निर्माण सुरु गरिएको थियो । २०७६ साल वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी एडभेन्च जेभी बाँकेसँग चार करोड ३० लाख ९७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको हो ।
हुम्लाको तापक्रम माइनस १० डिग्री सेल्सियस
हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो ।