२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्योलमा तीन सयभन्दा बढी योजना
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तीन सयभन्दा बढी योजना कार्यान्वयन अन्योलमा परेको छ । प्रदेश सरकारले १५ लाख रुपियाँभन्दा मुनिका योजना कार्यान्वयन नगर्ने नीति लिएपछि जलाधार, पर्यटन, वन तथा उद्योगतर्फका ३२९ वटा योजना कार्यान्वयन अन्योलमा परेको छ ।
विश्वविद्यालय ज्ञानको भण्डार हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारभएको बताउनुभएको छ ।
यातायात क्षेत्रको सिन्डिकेट हटेपछि यात्रा गर्न सहज
बाजुरा र कालिकोट जिल्लाका तीन स्थानमा यसअघि लगाइएको सिन्डिकेट स्थानीय प्रशासन र ट्राफिक प्रहरीको पहलमा हटेपछि यात्रा गर्न सहज भएको हो ।
'पालिका केन्द्र विवादमा अदालतको ध्यान पुगेन'
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुङ्गिएको छैन ।
योजना कार्यान्वयन सुस्त
सबैभन्दा धेरै बजेट कार्यान्वयन गर्नुपर्ने प्रदेशको मन्त्रालय हो, भौतिक पूूर्वाधार तथा सहरी विकास मन्त्रालय । प्रदेश सरकारको कुल बजेटको धेरै हिस्सा ओगटेको यो मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजना पनि धेरै छन् । तथापि बजेट तथा योजना कार्यान्वयनका दृष्टिले बितेको एक वर्ष सन्तोषजनक रहन सकेन ।
च्याछरा सडकको स्तरोन्नति कार्य सुरु
हिल्सा सिमकोट सडकको असजिलो चट्टानी भीरको च्याछरा खण्डको सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढेको छ । सम्झौता भएको १० महिनापछि सो सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको हो ।
छोरी बलात्कार गरी छोराको हत्या गर्ने बुबा पक्राउ
सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
ताक्लाकोटमा एक नेपालीको मृत्यु
चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ ।
जाजरकोटमा महिनौँदेखि औषधि अभाव, भूकम्प पीडित समस्यामा
जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् ।
सुर्खेत विमानस्थल धावनमार्ग विस्तारमा दल सहमत
वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि सहजीकरण गरिदिन सङ्घीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मासमक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको नेतृत्वमा सांसद हृदयराम थानी, प्रदेश सभा सदस्य यामलाल कँडेलसहितको टोलीले सो आग्रह गरेको हो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी सर्वपक्षीय भेलाको निष्कर्ष र नगर कार्यपालिकाको निर्णय मुख्यमन्त्री शर्मालाई बुझाएको थियो ।
वैशाखभित्रै बजेट कार्यान्वयनमा जोड
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजेट कार्यान्वयनमा जोड दिएको छ । असारमा बजेट बढी खर्च गर्ने कार्यलाई निरुत्साहित गर्न वैशाखभित्रै विकास बजेट कार्यान्वयन गरिसक्ने नीति मन्त्रालयले अवलम्बन गरेको छ ।
रारामा छ महिनामा छ हजारभन्दा बढी पर्यटक
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।
चार करोडभन्दा बढीको सुन्तला बिक्री
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग हुनुहुन्छ ।
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।
सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएको छ ।
वडास्तरमा रूपान्तरण अभियान लगिँदै
प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्षदेखि सञ्चालित ‘सामाजिक रूपान्तरण अभियान’ लाई टोलस्तरीय सामाजिक रूपान्तरण समिति गठन गरी स्थानीयस्तरमा लगिने भएको छ ।
विपद् जोखिम न्यूनीकरण गर्न समुदाय स्तरमै सचेतना आवश्यक : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो ।
तीन महिनापछि भेटिए चेतन
अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक युवक हराएको झण्डै तीन महिनापछि फेला परेका छन् ।
अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा
रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ ।
सुर्खेतको थारू बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)
विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे संक्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् ।
कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो ।
अस्थायी आवास निर्माणमा ढिलाइ
भूकम्पका कारण घरबारविहीन भएकामध्ये अझै पनि अधिकांशले अस्थायी घरको ओत पाउन सकेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिकांश घरबारविहीन भूकम्पपीडित त्रिपालकै सहारामा बस्न बाध्य छन् ।
एक सय बढी अस्थायी आवास निर्माण
रुकुमपश्चिममा नेपाली सेना र सशस्त्र प्रहरीले भूकम्प पीडितहरूका एक सय २४ वटा अस्थायी आवास निर्माण गरेका छन् ।