कर्णालीमा मानसिक समस्या बढ्दो
कर्णाली प्रदेशका वयस्क र बालबालिकामा मानसिक समस्या बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि प्रयास थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार कर्णालीका वयस्कमा झन्डै
महबाट राम्रो आम्दानी
हिमाली जिल्ला हुम्लामा यो वर्ष मौरी पालक किसानले राम्रो आम्दानी गरेका छन्। परम्परगत रुपमा मौरी पालन गर्दै आएका किसानले फूल फुल्ने बाली बढी लगाएको कारण मह उत्पादन राम्रो भएको हो।
कर्णालीमा गठबन्धनको तीन गुणा बढी मतभार
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कर्णालीमा तीनवटा स्थानका लागि निर्वाचन हुँदैछ । सोमबार सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबै वडामा सञ्चार सुविधा पुर्याइएको छ
भौगोलिक रूपमा नेपालकै ठुलो जिल्लाका रूपमा परिचित छ, डोल्पा । दुर्गम र विकासका दृष्टिले कठिन अवस्था झेलिरहेको डोल्पाको उत्तरपश्चिम क्षेत्रमा रहेको से फोक्सुन्डो गाउँपालिका पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण छ । साबिकका साल्दाङ, भिजेर र फोक्सुन्डो गाउँ विकास समिति मिलाएर से फोक्सुन्डो गाउँपालिका बनाइएको हो । यहाँको से फोक्सुन्डो ताल हेर्न बर्सेनि हजारौँ पर्यटक पुग्छन् । समुद्री सतहदेखि करिब २३ सयदेखि सात हजार ४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग पर्छ । उच्च हिमाली यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल, डाँडापाखा र समथर घाँसे मैदा
जडीबुटीकै भरमा उपचार
सर्केगाड गाउँपालिका–१ स्थित छिडिनात्ता गाउँको सामुदायिक स्वास्थ्य एकाइ साउनयता बन्द रहेको छ । कर्णाली प्रदेश सरकारले यसअघि उपलब्ध गराउँदै आएको जनशक्तिको करार अवधि सकिएपछि स्वास्थ्य एकाइ बन्द थियो । छिडिनात्ता गाउँका स्थानीय जय कामीले सामुदायिक स्वास्थ्य एकाइ बन्द भएपछि बिरामी समस्यामा परेको बताउनुभयो । साउनअघि एकाइ सञ्चालनमा रहेका बेला बिरामीलाई सहज हुने गरे पनि त्यसयता स्थानीय जडीबुटी र धामीझाँक्रीको शरणमा पर्नुपर्ने बाध्यता बिरामीको छ । सामुदायिक स्वास्थ्य एकाइमा पालिकाले स्वास्थ्यकर्मी र औषधीको व्यवस्था नगरेपछि ताला लागेको हो ।
अस्पताल भवन अलपत्र
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण छ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एपिएफ क्लब सेमिफाइनलमा
विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साबिक विजेता नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय सभामा कर्णालीबाट छ जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण
राधामाधव समितिले भूकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गत कात्तिक १७ गतेको भूकम्पले पीडित नलगाड नगरपालिकाका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
स्वास्थ्य परीक्षण अभियान सुरु
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्य परीक्षण अभियान थालिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले नसर्ने रोगको समस्या स्वास्थ्य चुनौतीका रूपमा रहेको चर्चा गर्दै त्यसको रोकथाम गर्न स्वास्थ्य परीक्षण थालिएको बताउनुभयो । उहाँले सो अभियान अहिले तीन जिल्लामा नमुनाका रूपमा सञ्चालन गरिए पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गरिने जानकारी दिनुभयो ।
शिवालयमा केन्द्रीय विद्युत् विस्तार
शिवालय गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । सबै वडामा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन प्रसारण भएको हो । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले दिएको जानकारी अनुसार चैतभित्रै गाउँपालिकाका सबै घरधुरीमा लाइन वितरण गरिसक्ने लक्ष्य छ । शिवालय वितरण शाखाका इन्चार्ज आनन्दकिशोर शाहका अनुसार शिवालय गाउँपालिका–१ का ७० प्रतिशत घरधुरीमा गत वर्ष नै लाइन वितरण भइसकेको छ । केही दिनअघि वडा नं. २ को नेपामा ५० केभीको ट्रान्समिटर जडान गरी चार सय घरधुरीमा लाइन वितरण गरिएको छ ।
भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५९ करोड बढी निकासा
रुकुमपश्चिममा भूकम्प पीडितहरूको अस्थायी आवास (टहरा) निर्माणको लागि हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो ।
सशस्त्र प्रहरी बलकाे 'त्रिपुरा गण' भवन उद्धाटन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जुम्लामाको ३३ नं त्रिपुरा गण कार्यालय भवन उद्धाटन गर्नुभएको छ ।
एकीकृत बस्ती विकास कार्यक्रम अन्योलमा
एकीकृत बस्ती विकास कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोबास गराउने योजनासहित चार वर्षअघि एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको थियो । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा अघि सारेको योजना कार्यान्वयनका लागि सरकारबाट हरेक वर्ष करोडौँ बजेट विनियोजन हुन्छ तर जोखिमयुक्त बस्तीको व्यवस्थापन निकै न्यून सङ्ख्यामा गरिएको पाइएको छ ।
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु
चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
तोकियो एम्बुलेन्सको भाडा
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।
विद्यार्थीलाई रात्रिकालीन कक्षा
शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विद्यालय सक्रिय भएको देखिन थालेको छ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको कालिकोटको दोस्रो माध्यमिक विद्यालय बडिमालिका माध्यमिक विद्यालयमा अहिले रात्रिकालीन कक्षा सञ्चालन हुँदै आएको छ ।
बुझाइयो मानव अधिकार प्रतिवेदन
प्रदेश प्रमुख तिलक परियारसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बिहीबार सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९३ को उपधारा ३ मा संवैधानिक निकायले प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गतिविधिको प्रतिवेदन पेस गरिएको जनाइएको छ ।
कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो ।
दश हजार बढी अस्थायी आवास निर्माण
भूकम्प गएको दुई महिनासम्म रुकुमपश्चिममा दश हजार बढी अस्थायी आवास मात्र निर्माण भएका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि दिएको अनुदान रकमको पहिलो किस्ताबाट हालसम्म दश हजार ४२३ वटा आवास निर्माण भएका हुन् ।
विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का
उप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
'कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ'
नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
कर्णालीको रैथानेबाली बजारीकरण हुँदै
जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो ।