• १९ वैशाख २०८१, बुधबार

सुर्खेतको थारू बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)

blog

माघी पर्वको अवसरमा थारु गाउँमा मघौटा नाच नाच्दै थारु सदस्यहरु । तस्विर : विशाल सुनार

विशाल सुनार

सुर्खेत, माघ २ गते । विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे सङ्क्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् । 

मौलिक सांंस्कृतिक परम्परालाई जोगाउँदै सबैभन्दा ठूलो पर्वको रुपमा माघीलाई उल्लासमय तरिकाले मनाउने गरिन्छ । सुर्खेत उपत्यकाको आदिवासीको रुपमा रहेका थारु समुदायको माघी पर्वको मौलिकतालाई परम्पराअनुसार मनाउँदै आएका छन् । वीरेन्द्र गरनगरपालिकाको वडा ४, ७, ८ मा पर्ने थारु बस्ती र जनजाति बस्तीहरुमा माघीको रौनक उल्लेख्य रहेको छ । 

परम्पराअनुसार रातभर मघौटा र ढुम्रा गीत गाएर बस्ने प्रचलन अझ पनि उस्तै छ । बिहान सबेरै नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरी घर फर्किन्छन् । तर पछिल्लो समयमा अन्य समुदायहरुबिच पनि लोकप्रिय बन्दैगएको छ।

माघीलाई अन्य समुदायले पनि आफ्नै तरिकाले मनाउने गरेका छन् । माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई  ‘जिता मर्ना दिन’ भनिन्छ । पुस मसान्तमा घर–घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

समयान्तरसहित माघी संस्कृति जोखिममा परेको थारु अगुवाहरुको चिन्ता पनि उत्तिकै छ । वीरेन्द्रनगर नगरपालिका –४ का गणेश थारु भन्नुहुन्छ “पहिला हाम्रो मात्र बस्ती थियो, हाम्रै परम्परा थियो अहिले बस्ती बढ्यो हामी अल्पसङ्ख्यक जस्तो भयाैं र बस्तीसँगै संस्कृति पनि सङ्कटमा छ । हामी जोगाउन लागेका छौँ ।”  माघी पर्वको अवसरमा थारु सदस्यहरु साताभरि रामरमाइलो गर्ने गर्छन् ।