• १२ साउन २०८१, शनिबार

गरिखाने शिक्षा आजको पहिलो आवश्यकता : मुख्यमन्त्री शर्मा

blog

कोपिला भ्याली स्कुलको १३ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राजकुमार शर्मा : नवीन सुवेदी

नविन सुवेदी

सुर्खेत, फागुन ११ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ । कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बतउनुभएको हो । हाम्रा शैक्षिक संरचना योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ, उहाँले भन्नुभयो, ‘टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।’

मुख्यमन्त्री शर्माले सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको भन्दै श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा यो स्कुलले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकारावालाको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार नागरिक खुशी र सुखी बन्ने अवस्था सिर्जना नहुञ्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ । 

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचबिहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो । उक्त कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्ल र सहसंस्थापक म्याग्गी डोयनले आफ्नो भनाइ राख्नुभएको थियो ।